टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड « Khabarhub

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि एक अर्ब तीन करोड ६७ लाख ७७ हजार रुपैयाँको बजेट छ ।

नगरसभाका ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षमा भएको सभाले सङ्घीय सरकारबाट ६५ करोड ५६ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड ६६ लाख रुपैयाँ सहयोग प्राप्त हुने तथा आन्तरिक स्रोतबाट २४ करोड ४७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

सभामा आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले उक्त बजेट प्रस्तुत गरेका थिए ।

नगरप्रमुख रामलाल डगौरा थारुले यसअघि नै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको तथा उपप्रमुख खडकबहादुर शाह भने हाल निलम्बनमा परेकाले ज्येष्ठ सदस्य थारुको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो ।

सभामा वडा नं १ का वडाध्यक्ष मोहन विकले नीति कार्यक्रम, वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले अन्य आर्थिकसम्बन्धी गतिविधि तथा वडा नं ४ का वडाध्यक्ष लालविर चौधरीले विविध प्रस्ताव प्रस्तुत गरेका छन् । 

नगरपालिकाको नीति तथा कार्यक्रममा स्थानीय कच्चापदार्थ प्रयोग गरी स्थापना हुने उत्पादन मूलक उद्योगलाई नगरपालिका बुझाउनुपर्ने राजस्व शुल्क १० वर्षका लागि छुट दिने नीति लिइएको छ । 

नीति तथा कार्यक्रममा सरकारको स्वामित्वमा रहेका घर जग्गा, सरकारी अस्पतालको जग्गा, गुठीको जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएका शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्ड, मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका सङ्घसंस्थाको घरजग्गा, धार्मिक संस्था, खानेपानी, मसानघाट जस्ता सार्वजनिकस्थलका घर र घरजग्गा सम्पत्तिमा कर नलाग्ने कार्यक्रम अघि सारेको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ११ : ४३ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना