भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू  « Khabarhub

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ।

विद्यालय भवनको संयुक्त रूपमा कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा तथा काठमाडौंस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब ३ करोड नेपाली रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुनेछ। परियोजना शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा मेयर थोप्रासहित स्थानीय सरोकारवालाले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गरे । 

नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सहज शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका थिए।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको विकास साझेदारी बहुआयामिक रहेको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गरी नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ३ : ३२ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा