‘मुटुमाथि ढुंगा राखी’ लेख्दा झन्डै मृत्युदण्ड ! « Khabarhub

‘मुटुमाथि ढुंगा राखी’ लेख्दा झन्डै मृत्युदण्ड !


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर सम्राट नारायण गोपालको यो कालजयी गीत :

‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ’

यो गीत तपाईं कुन मुडमा सुन्नु हुन्छ ? पक्कै उदास, विछोड र एक्लोपनमा । अझ ‘नाइन्टिज किड’हरूको ‘बेडटाइम प्लेलिस्ट’मा समेत यो गीत पर्छ ।

यो गीतलाई गीत–संगीतमा भिजेकाहरू श्रृङ्गार रस र करुण रसको मिठो मिश्रण मान्छन् । श्रृङ्गार रसले प्रेम र करुण रसले बिछोडको भाव बोकेको हुन्छ । यो गीतमा यही मिश्रित छ ।

तर, यो गीतका स्रष्टा कालीप्रसाल रिजालविरुद्ध यही रचनाका कारण मृत्युदण्डको माग गरिएको थियो । यसलाई ‘विद्रोही गीत’को ‘उल्था’ लगाइएको थियो । रेडियो नेपालमा बजाउन प्रतिबन्ध नै लाग्यो ।

यो प्रसंगले तपाईंलाई ‘मैले गलत भाव बुझेर यो गीत सुनिरहेको थिएँ त ?’ भन्ने महसुस गराउन सक्छ । किनकि तपाईंले बिद्रोही मुडका लागि यो गीत सुनाइदिन आफ्नो इलेक्ट्रोनिक डिभाइसलाई फर्माइस गर्नु भएको थिएन ।

कसरी बिद्रोही गीतका रुपमा उल्था भयो त ? यसबारे गीतकार कालीप्रसाद रिजालले स्पष्ट पार्दै प्रमुख कारण भनेका छन्, ‘राजावादीको चरम अन्धभक्ति ।’

गीतकार रिजाल पनि कमजोर पृष्ठभूमिका व्यक्ति थिएनन् । यो गीत विवादमा पर्दा सूचना विभागको सरकारी घुम्ने कुर्सीमा पुगिसकेका थिए । पछि उनले सरकारको सचिवको हैसियतमा अवकास लिए ।

उनलाई मृत्युदण्डको माग राख्ने विषय ‘राजतन्त्रमा अधिकार कुण्ठित गरिन्थ्यो’ भन्ने तर्कलाई बढवा दिन्छ ।

‘बिद्रोही गीत’ भनेर ‘गलत दाबी’ गरेको ‘बिन्ती पत्र’ राज दरबारमा बुझाइएकाले गीतकार रिजालले तनाव झेल्नु परेको हो ।

बिन्ती पत्र लेख्नेलाई ‘अल्ट्रा राजावादी’को संज्ञा दिँदै उनले प्रसंग सुनाए, ‘त्यो बेला अल्ट्रा राजावादीहरू थिए । राजाभन्दा पनि बढी राजावादी थिए । गीत आएपछि एउटाले बिन्ती चढाएछ । ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ भन्ने लाइनलाई नेपाली हाँसेको तर मुटुमाथि ढुंगा राखेर हाँसेका छन् भनेर अर्थ लगाएछ । सरकारी मान्छे भएकाले मृत्युदण्डसमेत माग गरिएको रहेछ ।’

गीतले नेपाली बाहिर रुपमा मात्रै हाँसेको अर्थ दिने दाबी गर्दै बिन्ती पत्रमा गीतकारलाई मृत्युदण्डको माग गरिएको हो । रिजाल भन्छन्, ‘नेपाली हाँस्न सकेका छैनन् भन्नुलाई बिन्ती पत्रमा बिद्रोहका रुपमा उल्लेख गरिएको थियो ।’

जनताको कृत्रिम हाँसो भनेको राज्यको कमजोरी हो । ‘यो कुरा औल्याउने भनेको दरबारको विरोध गर्नु हो । राजतन्त्रको विरोध गर्नु हो,’ यही चेतनाले बिन्ती पत्र लेखियो । अनि गीत बिद्रोही भयो ।

बिन्ती पत्रले राम्रै हल्ला खल्ला मच्चायो । रिजाललाई पनि तनाब भयो । त्यस समय स्मरण गर्दै उनी भन्छन्, ‘राज्यले गोप्य ठाउँमा लगेर सुट गर्‍यो भने गरेको गर्‍यै हुन्थ्यो । बाहिर ठूलो क्षति भयो भनेर वक्तव्य निकालिन्थ्यो ।’

तथापि, नेपालमा मृत्युदण्डको कानुनी व्यवस्था थिएन ।

त्यहीमाथि सूचना विभागको निर्देशकको जागिर गुम्ने त्रास उनीमा छँदै थियो । हुन त ज्यानभन्दा ठूलो जागिर होइन । तर, ज्यान बचेर जागिर मात्रै गयो भने पनि चिन्ताकै विषय हो नि ।

तर, राजदरबारले कुनै एक्सन लिएन । बरु दरबारले बिन्ती पत्रबारे छानबिन गर्न ‘जाँचबुझ केन्द्र’लाई जिम्मेवारी दियो । रिजाल थप्छन्, ‘जाँचबुझ आयोग पनि यो विवादबाट पन्छियो । केन्द्रले विशेषज्ञले हेर्नुपर्ने विषय भनेर सञ्चार मन्त्रालयमा पठायो । त्यहाँ साहित्यमा ज्ञान भएकै व्यक्तिहरू थिए ।’

मन्त्रालयले उनको गीतमा विद्रोही शब्द भेटेन । रिजालका अनुसार मन्त्रालयले भन्यो, ‘गीतबारे बिन्ती पत्रमा गलत दाबी छ ।’ यो घटनाको निष्कर्ष रिजालको पक्षमा देखियो । जागिर पनि गएन, मृत्युदण्ड पनि भएन । तर, यसको बाछिटा प्रसारणमा देखियो ।

त्यसबेला गीत प्रसारणको एक मात्रै माध्यम रेडियो नेपाल थियो । रेडियोले यही विवादका कारण लामो समय गीत बजाएन ।

हाम्रा सर्जकहरूले भोगेका केही घटना दन्त्यकथा पढे झैँ लाग्ने !

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ५ : ३७ बजे

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै

वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि