काठमाडौं – स्वर सम्राट नारायण गोपालको यो कालजयी गीत :
‘आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’
यो गीत तपाईंले कुन मुडमा सुन्नु हुन्छ ? पक्कै उदास, विछोड र एक्लोपनमा । अझ ‘नाइन्टिज किड’हरूको ‘बेडटाइम प्लेलिस्ट’मा समेत यो गीत पर्छ ।
यो गीतलाई गीत–संगीतमा भिजेकाहरू श्रृङ्गार रस र करुण रसको मिठो मिश्रण मान्छन् । अर्थात्, यस श्रृङ्गार रसले प्रेम र करुण रसले बिछोडको भाव बोकेको हुन्छ । यो गीतमा यही मिश्रित छ ।
तर, यो गीतका स्रष्टा कालीप्रसाल रिजाल विरुद्ध यही रचनाको कारण मृत्युदण्डको माग गरिएको थियो । यसलाई ‘विद्रोही गीत’ भने ‘उल्था’ लगाइएको थियो । रेडियो नेपालमा बजाउन प्रतिबन्ध नै लाग्यो ।
यो प्रसंगले तपाईंलाई ‘मैले गलत भाव बुझेर यो गीत सुनिरहेको थिएँ त ?’ भन्ने महसुस गराउन सक्छ । किनकि तपाई्रंले बिद्रोही मुडका लागि यो गीत सुनाइदिन आफ्नो इलेक्ट्रोनिक डिभाइसलाई फर्माइस गर्नु भएको थिएन ।
कसरी बिद्रोही गीतमा रुपमा उल्था भयो त ?यसबारे गीतकार कालीप्रसाद रिजाललेस्पष्ट पार्दै प्रमुख कारण भनेका छन्, ‘राजावादीको चरम अन्धभक्ति ।’
गीतकार रिजाल पनि कमजोर पृष्ठभूमिका व्यक्ति थिएनन् । यो गीत विवादमा पर्दा सूचनाका विभागको सरकारी घुम्ने कुर्सीमा पुगिसकेका थिए । पछि उनले सरकारको सचिवको हैसियतमा अवकास लिए ।
उनलाई मृत्युदण्डको माग राख्ने विषयमा ‘राजतन्त्रमा अधिकार कुण्ठित गरिन्थ्यो’ भन्ने तर्कलाई बढवा दिन्छ ।
‘बिद्रोही गीत’ भनेर ‘गलत दाबी’ गरेको ‘बिन्ती पत्र’ राज दरबारमा बुझाइएकाले गीतकार रिजालले तनाव झेल्नु परेको हो ।
बिन्ती पत्र लेख्नेलाई ‘अल्ट्रा राजावादी’को संज्ञा दिँदै उनले प्रसंग सुनाए, ‘त्यो बेला अल्ट्रा राजावादीहरू थिए । राजाभन्दा पनि बढी राजावादी थिए । गीत आएपछि एउटाले बिन्ती चढाएछ । ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ’ भन्ने लाइनलाई नेपाली हाँसेको तर मुटुमाथि ढुंगा राखेर हाँसेका छन् भनेर अर्थ लगाएछ । सरकारी मान्छे भएकाले मृत्युदण्डसमेत माग गरिएको रहेछ ।’
गीतले नेपाली बाहिर रुपमा मात्रै हाँसेको अर्थ दिने दाबी गर्दै बिन्ती पत्रमा गीतकारलाई मृत्युदण्डको माग गरिएको हो । रिजाल भन्छन्, ‘नेपाली हाँस्न सकेका छैनन् भन्नुलाई बिन्ती पत्रमा बिद्रोहका रुपमा उल्लेख गरिएको थियो ।’
बिन्ती पत्रले राम्रै हल्ला खल्ला मच्चायो । रिजाललाई पनि तनाब भयो । त्यस समय स्मरण गर्दै उनी भन्छन्, ‘राज्यले गोप्य ठाउँमा लगेर सुट गर्यो भने गरेको गर्यै हुन्थ्यो । बाहिर ठूलो क्षति भयो भनेर वक्तव्य निकालिन्थ्यो ।’
तथापि, नेपालमा मृत्युदण्डको कानुनी व्यवस्था थिएन ।
त्यहीमाथि सूचना विभागको निर्देशकको जागिर गुम्ने त्रास उनीमा छँदै थियो । हुन त ज्यानभन्दा ठूलो जागिर होइन । तर, ज्यान बचेर जागिर मात्रै गयो भने पनि चिन्ताकै विषय हो नि ।
तर, राजदरबारले कुनै एक्सन लिएन । बरु दरबारले बिन्ती पत्रबारे छानबिन गर्न ‘जाँचबुझ केन्द्र’लाई जिम्मेवारी दियो । रिजाल थप्छन्, ‘जाँचबुझ आयोग पनि यो विवादबाट पन्छियो । केन्द्रले विशेषज्ञले हेर्नुपर्ने विषय भनेर सञ्चार मन्त्रालयमा पठाइयो । त्यहाँ साहित्यमा ज्ञान भएकै व्यक्तिहरू थिए ।’
मन्त्रालयले उनको गीतमा विद्रोही शब्द भेटेन । रिजालका अनुसार मन्त्रालयले भन्यो, ‘गीतबारे बिन्ती पत्रमा गलत दाबी छ ।’ यो घटनाले निष्कर्ष रिजालको पक्षमा देखियो । जागिर पनि गएन, मृत्युदण्ड पनि भएन । तर, यसको बाछिटा प्रसारणमा देखियो ।
त्यसबेला गीत प्रसारणको एक मात्रै माध्यम रेडियो नेपाल थियो । रेडियोले यही विवादका कारण लामो समय गीत बजाएन ।
हाम्रा सर्जकहरूले भोगेका केही घटना दन्त्यकथा पढे झैँ लाग्ने !












प्रतिक्रिया