सहकारी पहिलो संशोधन विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित « Khabarhub

सहकारी पहिलो संशोधन विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । 

त्यसअघि विधेयकमाथि परेका संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावतले अहिले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीबाट असुल गरेर फिर्ता गरिरहेको बताइन् । 

यद्यपि राज्य अभिभावक भएकाले आगामी दिनमा बचतकर्ताको समस्या समाधान गर्न पछि नहट्ने उनले बताइन् । उनले विधेयकमाथि आएका सुझावहरूलाई आगामी दिनमा सरकारले सम्बोधन गर्दै लैजाने उल्लेख गरिन् । 

सहकारी क्षेत्रमा देखिएका नीतिगत विषयहरूलाई सुधारका लागि सरकारले उक्त विधेयक ल्याएको उनको भनाइ छ । 

त्यसअघि संशोधनकर्ता सांसदहरूले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीले फिर्ता दिनुपर्ने, सहकारीलाई दर्ता गरेको स्थानमा मात्रै काम गर्न पाउने र नियमनलाई कडाइ गर्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ५ : ४४ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा