अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो « Khabarhub

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

  काठमाडौं- अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको छ। यातायात व्यवस्था विभागले बिहीबारदेखि लागू हुनेगरी नयाँ भाडादर निर्धारण गरेको हो।

विभागले सूचना जारी गर्दै असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक तथा मालवाहक सवारीको भाडा दुई प्रतिशतले घटाइएको जनाएको छ।

विभागका अनुसार पछिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि असार १७ गतेदेखि डिजेलको औसत मूल्य प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएकाले सोही आधारमा नयाँ भाडादर लागू गरिएको हो।

यसअघि २०८३ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले बढाइएको थियो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको जानकारी दिए।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ६ : ०० बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना