कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै « Khabarhub

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव शेरधन राईलाई मैदानमा उतारेका छन्।

नेतृत्वबाट हटाउनुपर्ने पक्षमा उभिएको रिसमा ओलीले आफ्नै गृहजिल्लाका कार्कीलाई हटाउन  एमाले सचिव तथा पूर्वमुख्यमन्त्री राई उतारेका हुन् ।

बेलायतको लण्डनबाट फर्किएपछि गुन्डु पुगेर राईले ओलीको निर्देशन सुनेका थिए। त्यसपछि विराटनगर उत्रिएका उनी आफ्नै पार्टीका मुख्यमन्त्री हटाउने अभियानमा जुटेका हुन् । 

चार दिनदेखि राईले मुख्यमन्त्री कार्कीलाई हटाउने विषयमा एमालेका प्रदे सभा सदस्य सांसद तथा नेकपाका नेताहरूसँग  राईले लगातार छलफल गरिरहेका छन्।

झापाबाट निर्वाचित एकजना एमाले सांसदका अनुसार सोमबार बिहान पनि राईले सांसदहरूसँग भेटवार्ता गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल गरेका थिए। 

पूर्वमुख्यमन्त्रीसमेत रहेका राई र कार्कीबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। त्यही मतभेदका कारण राईले कार्कीलाई हटाउने प्रयास तीव्र बनाएका हुन् । 

स्रोतका अनुसार कार्कीलाई हटाएर ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ। त्यसका लागि पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव दर्ता गराउने गृहकार्य भइरहेको बताइएको छ।

हिजो राईले नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई भेटेर मुख्यमन्त्री परिवर्तनको विषयमा छलफल गरेका थिए। भेटमा उनले मुख्यमन्त्री कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउने तयारीबारे स्पष्ट जानकारी गराएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार सोमबार या मंगलबारभित्रै राई पक्षले मुख्यमन्त्री कार्कीविरुद्ध पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव अघि बढाउन सक्ने सम्भावना छ। तर त्यसमा एमालेका कति सांसदले साथ दिन्छन् भन्ने स्पष्ट भइसकेको छैन।

सुरूवातमा एमाले अध्यक्ष ओलीले मुख्यमन्त्रीका लागि तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने तयारी गरेका थिए। तर हिक्मतले पार्टी नेतृत्वलाई आफ्नो पक्षमा पार्दै मुख्यमन्त्रीमा निरन्तरता दिने वातावरण बनाएका थिए। कार्कीको पक्षमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि थिए ।

कार्कीले ओलीको निर्देशनबाट नभई पार्टी सचिवालयले निर्णय गरेमाआफू बिदा हुने अडान राखेका छन् ।  यस्तोमा ओलीले हिक्मत हटाउन गुन्डु बसेर शेरधन कार्ड खेलाइरहेका छन् ।  

उता हिक्मतले पनि आफ्नो पक्ष मजबुत बनाउन सांसदहरूसँग निरन्तर छलफल गरिरहेका छन्। धेरै सांसद हिक्मत र शेरधन दुवै पक्षसँग संवादमा छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १२ : २४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार