दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर « Khabarhub

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । कार र मोबाइल उपकरणको अनलाइन खरिदमा आएको उल्लेखनीय वृद्धिका कारण कुल अनलाइन बिक्री बढेको हो ।

दक्षिण कोरियाको तथ्याङ्क मन्त्रालयका अनुसार, जुन महिनामा अनलाइन किनमेलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० नजरबन्द सात प्रतिशतले वृद्धि भई २४ दशमलव ६१ ट्रिलियन वन (करिब १७.२ अर्ब अमेरिकी डलर) पुगेको छ ।

अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाका मोडलहरूको अनलाइन खरिद बढेसँगै कार तथा कारका सहायक सामग्रीको अनलाइन बिक्री ५६ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, नयाँ स्मार्टफोन बजारमा आएसँगै मोबाइल उपकरणको अनलाइन माग १४४ दशमलव चार प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ, घरायसी उपकरण, कम्प्युटर, कृषि उत्पादन तथा संस्कृति र मनोरञ्जनसम्बन्धी सेवाको अनलाइन कारोबारमा पनि दोहोरो अङ्कको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

कफी र केकजस्ता उपहार ई–कुपनमार्फत प्रदान गर्ने चलन बढेसँगै ई–कुपन सेवाको अनलाइन कारोबार १२ प्रतिशतले बढेको छ ।
स्मार्टफोन, ट्याब्लेटलगायत मोबाइल उपकरणमार्फत गरिने किनमेलको कारोबार वार्षिक आधारमा नौ दशमलव आठ प्रतिशतले बढेर जुन महिनामा १८ दशमलव ९३ ट्रिलियन वन पुगेको छ । यो कुल अनलाइन किनमेल कारोबारको ७६ दशमलव नौ प्रतिशत हो । रासस
 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १ : ५१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र