सैन्य ‘कू’ पछि पहिलो पटक आङ साङ सुकीको फोटो सार्वजनिक (तस्बिरहरु) « Khabarhub

सैन्य ‘कू’ पछि पहिलो पटक आङ साङ सुकीको फोटो सार्वजनिक (तस्बिरहरु)


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सुकी र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म्यानमास्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले आज बिहान आङ सान सुकीलाई भेट गर्नुभयो ।” सेनाले सन् २०२१ फेब्रुअरीमा सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उनलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो ।

उक्त घटनापछि म्यानमामा गृहयुद्ध चर्किएको छ । सैन्य सरकारले गराएको सीमित र नियन्त्रित निर्वाचनपछि अप्रिलमा सैन्य प्रमुख मिन आङ ह्लाइङलाई नागरिक राष्ट्रपति बनाइएको थियो । त्यसको केही समयपछि उनले सुकीको बाँकी सजाय घटाएर घरमै नजरबन्दमा राख्ने निर्णय गरेका थिए ।

८१ वर्षीया सुकीमाथि लगाइएका विभिन्न आरोपलाई अधिकारवादी समूहले राजनीतिक उद्देश्यबाट प्रेरित र बनावटी भएको बताउँदै आएका छन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेका तस्बिरमा सुकीले डे बाक जस्तै देखिने एक व्यक्तिसँग हात मिलाइरहेको देखिन्छ ।

अर्को तस्बिरमा उनले जन्मदिनको केक काटिरहेको देखाइएको छ भने एउटा केकमा ‘ह्याप्पी बर्थडे आन्टी सु’ लेखिएको देखिन्छ । एएफपीले ती तस्बिरको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । यद्यपि, कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणमार्फत गरिएको प्रारम्भिक परीक्षणमा तस्बिरहरूमा कृत्रिम हेरफेर गरिएको स्पष्ट प्रमाण नभेटिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : ५२ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्