ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात « Khabarhub

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले निजी ग्यास कम्पनीहरूसँगको सहकार्यमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर आपूर्ति सहज बनाउन थालेको छ।

धादिङको जुगेखोलास्थित कर्पोरेसनको आफ्नै ‘एलपीजी प्लान्ट’मा ग्यास बुलेट पुग्न नसकेपछि मनोज र बाबा ग्यासका प्लान्टमार्फत एसटिसी सिलिन्डरमा बोटलिङ गरी वैकल्पिक मार्गबाट उपत्यका ल्याउन लागिएको हो। कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार पहिलो चरणमा शुक्रबारसम्म ती प्लान्टमा भरिएका ग्यास काठमाडौँ आइपुग्नेछन्। आयल निगमले कुल तीन हजार २५ ग्यास बुलेटमध्ये कर्पोरेसनलाई ५३ वटा (करिब २ प्रतिशत) मात्रै कोटा उपलब्ध गराउँदै आएको छ। कर्पोरेसनले हाल मासिक ५५ हजारदेखि ६० हजार सिलिन्डर खपत गर्दै आएको छ भने कालोबजारी रोक्न कुपन प्रणालीमार्फत बिक्री वितरण गरिरहेको छ।

यस्तै, विपद्को अवस्थामा पनि देशभर आयोडिनयुक्त नुनको अभाव हुन नदिन कर्पोरेसनले ६ महिनालाई पुग्ने मौज्दात राखेको छ। भदौ १७ सम्म कर्पोरेसनको गोदाममा १ लाख २७ हजार ३६१ मेट्रिकटन नुन स्टक छ। नेपालमा वार्षिक करिब २ लाख १० हजार टन नुन खपत हुने गर्छ।

यसैगरी, निजी क्षेत्रले प्रतिकिलो १३५ रुपैयाँसम्ममा बेचिरहेको चिनी कर्पोरेसनले प्रतिकिलो १०० रुपैयाँमै उपलब्ध गराएर बजार हस्तक्षेप गरेको छ। भदौ ९ मा ६०० टन चिनी भित्र्याएको कर्पोरेसनले हालसम्म ३ हजार टन चिनी बजारमा पठाइसकेको छ। उपभोग्य वस्तुको मूल्य अकासिए पनि कर्पोरेसनले आफ्ना खाद्य सामग्रीको मूल्य स्थिर राखेर सर्वसाधारणलाई राहत दिएको जनाएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ८ : ४५ बजे

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण