नेकपा बहुमतमा फेरि फुटको चिन्ता, विभाजनतर्फ धकेल्न खोजिएको गुनासो « Khabarhub

नेकपा बहुमतमा फेरि फुटको चिन्ता, विभाजनतर्फ धकेल्न खोजिएको गुनासो


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’को हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा पार्टीलाई फुट र विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरिएको छ।

पार्टीको आन्तरिक वैचारिक, राजनीतिक तथा संगठनसम्बन्धी विषयमा बहस र छलफल भइरहेको अवस्थामा केही नेताले त्यसलाई विचारको बहसबाट विषयान्तर गर्दै तोडमोड गर्ने तथा पार्टीलाई विभाजित गर्ने गतिविधि गरेको वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा पार्टीले विगतदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका वैचारिक, राजनीतिक, आर्थिक र संगठनात्मक समस्याको अध्ययन तथा बहस गर्दै आएको जनाउँदै त्यसैको निष्कर्षका आधारमा राष्ट्रिय सम्मेलनको तयारी भइरहेको उल्लेख गरिएको छ।

पार्टीले अहिलेको विवादलाई वैचारिक बहसका रूपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ। वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टीभित्रको एकता अनिवार्य रहेको भन्दै तर्कपूर्ण र तथ्यमा आधारित बहसबाट निष्कर्षमा पुग्नुपर्ने उसको भनाइ छ।

यसअघि प्राकृतिक विपत्तिका कारण पार्टीले राष्ट्रिय सम्मेलनसमेत स्थगित गरेको थियो। रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा परिचालन गरिएको पार्टीले जनाएको थियो।

पार्टीले विपद्को समयमा समेत केही व्यक्तिले पार्टीको निर्णय, विधान र अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाएको छ।

वक्तव्यमा नेतृत्वविरुद्ध कपोलकल्पित र अवाञ्छित गालीगलौज गर्ने, गलत अर्थ लाग्ने गरी प्रचारबाजी गर्ने तथा पार्टीको निर्णयविपरीत गतिविधि गर्ने प्रयास भएको उल्लेख छ।

यस्ता गतिविधिले पार्टीभित्र भ्रम र विभाजन सिर्जना गर्न सक्ने भन्दै नेकपा ९बहुमत० को केन्द्रीय कार्यालयले पार्टी पंक्ति र आम जनतालाई त्यस्ता प्रचारबाट प्रभावित नहुन आग्रह गरेको छ।

पार्टीले राष्ट्रिय सम्मेलनका लागि अघि सारिएका विषयमा गम्भीर वैचारिक बहस, अध्ययन तथा अनुसन्धानमा सहभागी हुन पनि नेता–कार्यकर्तालाई आह्वान गरेको छ।

पार्टीभित्रको वैचारिक बहसलाई तार्किक निष्कर्षमा पुर्‍याउँदै क्रान्तिकारी आन्दोलनलाई सुदृढ बनाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा वक्तव्यले जोड दिएको छ।

यसैबीच, नेकपा (बहुमत) ले यसअघि तयारी नपुगेको भन्दै राष्ट्रिय सम्मेलन असोज ५ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो। तर पछिल्लो बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण सम्मेलन स्थगित गरिएको र नयाँ मिति केन्द्रीय समितिको बैठकबाट तय गरिने जनाएको छ।

‘सबै पार्टी सदस्यहरू एकताबद्ध होऔँ’ भन्ने आह्वानसहित जारी वक्तव्यमा पार्टीको वैचारिक तथा संगठनात्मक एकता कायम राख्दै वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्न सबै कमरेडलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १ : ०० बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना