प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल « Khabarhub

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछिको खोज तथा उद्धार, उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको छ।

भेटमा बाढीबाट प्रभावित पूर्वाधारलाई कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

प्रधानमन्त्री शाहसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए। उक्त भेटमा पनि बाढीलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

प्रम बालेन बल्ल राजनीतिक भेटघाटमा जुटेका छन् । भदौ १० को बाढीपछि सरकारकोतर्फबाट सर्वदलीय बैठक पनि राख्न नसकेका उनले व्यक्तिगत रुपमा भेटघाट थालेका हुन्।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १ : ४२ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न