टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन « Khabarhub

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी बाढीबाट टनेल तथा अन्य स्थानमा फसेका बाढीपीडितको तत्काल उद्धार र सुरक्षित स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विनाशकारी बाढीबाट टनेल तथा अन्य स्थानमा फसेका बाढीपीडितको तत्काल उद्धार र सुरक्षित स्थानान्तरण गर्दै सडक पुल, तुइन, झोलुङ्गे पुल तथा विद्युत् संरचनाको शीघ्र मर्मत गर्ने र आवश्यक स्थानमा डाइभर्सन, वैकल्पिक मार्ग तथा अस्थायी पुलको व्यवस्था गर्न पूर्वाधार विकास मन्त्रालय र ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले राहत तथा उद्धारलाई शीघ्र, लक्षित र पारदर्शी बनाउन प्रभावितको एकीकृत विवरण तथा सूचना प्रणाली सुदृढ गरी संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय  तथा सहयोगी संस्थाबीच समन्वयमार्फत राहत वितरण सुनिश्चित गर्न सम्बद्ध मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए । 

बैठकले क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुन निर्माणका लागि स्वदेशी–विदेशी तथा निजी क्षेत्रको स्रोत, प्रविधि र सहयोग परिचालन गरी सुरक्षित तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माण गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  २ : २७ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको