बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने « Khabarhub

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच बिहीबार हुने वार्तामा इङ्ग्लिस च्यानल हुँदै हुने अवैध आप्रवासन नियन्त्रण, युक्रेनलाई निरन्तर सहयोग तथा युरोपको सुरक्षा प्रमुख विषय बन्ने भएका छन् ।

वार्ताअघि दुवै नेताले बुधबार ब्रिटिस म्युजियममा राजा चार्ल्स तृतीयसँग भेट गरेका थिए । सो अवसरमा फ्रान्सबाट लन्डन ल्याइएको ११औँ शताब्दीको बायक्स टेपेस्ट्रीको प्रदर्शनीको पूर्वावलोकन गरिएको थियो ।

बेलायतको नर्मन विजय चित्रण गर्ने उक्त ऐतिहासिक कलाकृति दुई देशबीचको साझा इतिहास र बढ्दो सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

आप्रवासन नियन्त्रणतर्फ बेलायत र फ्रान्सले च्यानल पार गर्न प्रयोग हुने साना डुङ्गा रोक्न संयुक्त प्रयासलाई थप प्रभावकारी बनाउने भएका छन् । डाउनिङ स्ट्रिटका अनुसार पछिल्लो समय आप्रवासी ओसार्न प्रयोग हुने ठूला तथा शक्तिशाली डुङ्गा रोक्न विशेष ध्यान दिइनेछ । 

आगामी सातामा ४५ फ्रान्सेली अधिकारीको विशेष टोली समुद्री तटमा परिचालन गरिनेछ । बेलायत सरकारले यस गर्मीमा सन् २०१९ यताकै कम सङ्ख्यामा आप्रवासीले साना डुङ्गामार्फत च्यानल पार गरेको जनाएको छ । तर प्रधानमन्त्री बर्नहमले तस्करी गिरोहले आफ्नो रणनीति निरन्तर परिवर्तन गरिरहेकाले आत्मसन्तुष्ट हुने अवस्था नरहेको बताएका छन् ।

वार्तामा युक्रेनलाई सहयोग जारी राख्ने विषय पनि महत्त्वपूर्ण हुनेछ । प्रधानमन्त्री बर्नहमले सरकार परिवर्तन भए पनि युक्रेनप्रतिको बेलायतको नीति नबदलिएको बताए । राष्ट्रपति म्याक्रोनले पनि युक्रेनको समर्थनमा बेलायत र फ्रान्सबीचको संयुक्त प्रयास महत्त्वपूर्ण रहेको उल्लेख गरे । 

उनले युक्रेनलाई उपलब्ध गराइने एससिएएलपी लामो दूरीका क्षेप्यास्त्रका लागि आवश्यक केही सामग्रीबारे बेलायतले जानकारी सार्वजनिक गरेको बताए ।

मध्यपूर्वको स्थायित्व र हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउने विषयमा समेत छलफल हुनसक्ने डाउनिङ स्ट्रिटले जनाएको छ ।

राष्ट्रपति म्याक्रोनले अमेरिकी निर्भरता घटाउँदै युरोपेली सार्वभौमिकता बलियो बनाउने पक्षमा बेलायतलाई महत्त्वपूर्ण साझेदारका रूपमा हेरेका छन् । प्रधानमन्त्री बर्नहम पनि पूर्वप्रधानमन्त्री कीर स्टारमरले अघि बढाएको युरोपेली सङ्घ ९इयु० सँगको निकट सहकार्यलाई निरन्तरता दिन इच्छुक देखिएका छन् ।

म्याक्रोनले बेलायत र फ्रान्सबीच सबै विषयमा समान धारणा नरहे पनि पारस्परिक सम्मान कायम रहेको बताए । तर किङ्स कलेज लन्डनका राजनीति प्राध्यापक आनन्द मेननले दुई देशबीचको निकटता व्यावहारिक उपलब्धिमा परिणत हुनुपर्ने बताउँदै युरोपेली सङ्घसँगको सम्बन्धमा ठोस प्रगति आवश्यक रहेको टिप्पणी गरे।
 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  २ : १७ बजे

सकियो जीवित भेटिने आश, कुशको शव बनाएर धमाधम अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको परिवारले पशुपति आर्यघाटमा कुशको

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

काठमाडौं– ‘बाढी आइरहेको छ, हेर त ।’ रातभरको काम सकेर कोठामा

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’