प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ। भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौँस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले र११ लाख ११ हजार १११ सहयोग गरेको छ । 
    
उक्त होटेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको होटेलका अध्यक्ष जगन्नाथ ज्ञवालीले जानकारी दिए। 
    
स्याङ्जाको पुतलीबजार नगरपालिकाले २७ लाख ३९ हजार ८५८ सहयोग उपलब्ध गराएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रकम संकलन गरिएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिए। 
    
वीरगञ्जः मारवाडी ट्रष्ट र चाचन समूह, वीरगञ्जले ५२ लाख ११ हजार रुपैयाँ संलकन गरी राहत कोषमा जम्मा गरिएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले जानकारी दिए । 
    
बुटवलः गौतमबुद्ध सामुदायिक अस्पतालले ११ लाख ११ हजार १११ सहयोग उपलब्ध गराएको छ । बुटवलको उक्त अस्पतालले चिकित्सक तथा अन्य कर्मचारीका तर्फबाट रकम दाखिला गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। 

बाजुराः बूढीगङ्गा नगरपालिकाले २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम नगरपालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षकको मासिक तलवबाट संकलन गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिए  

मकवानपुरः भीमफेदी नगरपालिकाले पाँच लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ । उक्त रकम पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट संकलन गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । 
    
बनेपाः नेपाली कांग्रेस बनेपा नगरद्वारा दुई लाख २३ हजार ३६४ रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ । उक्त रकम पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट संकलन गरिएको नेपाली कांग्रेस बनेपा नगर समितिका सभापति महेशकुमार कर्माचार्यले बताए।
    
लमजुङः बेँसीसहर नगरपालिका, लमजुङले पाँच लाख रुपैयाँ राहत कोषमा दाखिला गरेको छ । 

उक्त रकम नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट संकलन गरिएको नगरपालिकाका नगरप्रमख गुमानसिंह अर्यालले जानकारी दिए । 
    
काभ्रेपलाञ्चोकः जिल्लाका नौ पालिकाले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एक करोड ७७ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।  
    
भुम्लु गाउँपालिकाले ३० लाख, नमोबुद्ध नगरपालिकाले रु २७ लाख ५० हजार, बनेपा नगरले १५ लाख, पनौती नगरले ३० लाख, पाँचखाल, धुलिखेल,  रोशी र चौँरीदेउराली पालिकाले १०-१० लाख गरी जम्मा एक करोड ७७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो । 
    
त्यसैगरी, काभ्रेजिल्ला धुलिखेल नगरपालिका–११, निवासी रवि धितालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दाखिला गरेको स्थानीय समाचारदाता राजकुमार पराजुलीले जानकारी दिए । 
    
सिरहाः लहान नगरपालिकाले ११ लाख राहत सहयोग रकमा दाखिला गरेको छ । उक्त रकम पालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको मासिक तलवबाट संकलन गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  २ : १२ बजे

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको