चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे « Khabarhub

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण बिहीबार अपराह्न नेपाल आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

सोही विमानबाट नेपालमा काम गर्न चिनियाँ फरेन्सिक विज्ञहरूको चौथो टोलीका १० जना विशेषज्ञ पनि काठमाडौं आइपुगेका छन्।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चीनका राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए। उनीहरूले राहत सामग्री ग्रहण गर्नुका साथै नेपाल आइपुगेका चिनियाँ विज्ञ टोलीलाई स्वागत गरेका थिए।

चीनबाट आएको तेस्रो चरणको राहत सामग्रीमा शव राख्न प्रयोग हुने फ्रिजर, महामारी रोकथामसम्बन्धी सामग्री तथा दैनिक उपभोगका आवश्यक सामग्री समावेश छन्।

नेपालमा आएको चिनियाँ फरेन्सिक विज्ञ टोलीले पीडितहरूको पहिचान प्रक्रियालाई अघि बढाउन नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ। उनीहरूले नेपाल आइपुगेलगत्तै आफ्नो काम सुरु गर्नेछन्।

यस चरणको राहत सामग्रीमा नेपाललाई विपद् उद्धार तथा राहत कार्यका लागि अत्यावश्यक रहेका बेली पुलहरू पनि समावेश छन्। पहिलो चरणका बेली पुल निर्माणका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकामा पुगिसकेको र हस्तान्तरणको तयारी भइरहेको जनाइएको छ।

चीनले यसअघि पनि नेपाललाई आपत्कालीन राहत सामग्री, उद्धार उपकरण तथा विशेषज्ञ टोली पठाउँदै आएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : २७ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष