भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग « Khabarhub

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गरेका छन् । सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् । 

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । 

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उक्त सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए। 

‘संकटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,’ राजदूत पौडेलले भने।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको सापकोटाले बताए। 

दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारका तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गरिएको उनले बताए। 

‘प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पुर्‍याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु । हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ । विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो,’ सापकोटाले भने। 

विगत ३० वर्षदेखि  पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । 
 
पाककलामा उत्कृष्ट कला–कौशल प्रदर्शन गर्दै आएका सापकोटाले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । यसअघि पनि सापकोटाले विभिन्न प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा सहयोग गर्दै आएका छन् । 

कोरोना महामारीका समयमा उनले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना पनि खुवाएका थिए । 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : २६ बजे

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका