बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह « Khabarhub

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनव्यवस्थापनका विषय समेटेर तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिएका छन् । 

बिहीबार सरकारलाई सार्वजनिक सुझाव दिने क्रममा साहले श्वेतपत्र (ह्वाइट पेपर) जारी गरेर नागरिकलाई आश्वस्त पार्न आग्रह गरेका हुन् ।

साहले यस विपद्मा परी ज्यान गुमाका सम्पूर्ण नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा गहिरो समवेदना र हालसम्म बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरेका छन् । 

घरबारविहीन र रोजगारीविहीन हुन पुगेका प्रभावितहरूको रोजगारीको सुनिश्चितता तथा शीघ्र पुनर्स्थापनाको अपेक्षासहित सरकारसमक्ष साहले विभिन्न १३ बुँदे सार्वजनिक सुझावहरू राखेका छन् ।

भोटेकोशीमा आएको विनाशकारी बाढीको वास्तविक कारणबारे विभिन्न अड्कलबाजी र अनुमानहरू सार्वजनिक भई जनमानसमा भ्रम सिर्जना भएको उल्लेख गर्दै उनले सरकारले यसको सत्य–तथ्य वैज्ञानिक कारण पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्नुपर्ने सुझाव राखेका छन् । 

साथै, यस्ता उच्च जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी तत्काल पूर्वसूचना, सतर्कता र सुरक्षाका लागि ठोस योजना पनि सार्वजनिक गरिनुपर्ने उनको सुझाव छ ।

रसुवाको टिमुरेमा गत वर्ष पनि बाढीले ठूलो वितण्डा मच्चाउँदा सयौँ सवारी साधन र संरचनाहरू ध्वस्त भएको घटना स्मरण गराउँदै उनले सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएका कारण यसपटक पनि सोही क्षेत्रमा ठूलो जनधनको क्षति हुन पुगेको उल्लेख गरेका छन् । 

अब सरकारले यस्ता जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी सुरक्षाको उचित व्यवस्थासहित जोखिममुक्त क्षेत्रमा मात्र निर्माण र सञ्चालन गर्न पाउने ठोस नीति सार्वजनिक गर्नुपर्ने मत राखेका छन् । 

सरकारले उद्धार र राहतमा गम्भीरता नदेखाएको जनगुनासो रहेको भन्दै सबै दल, नागरिक र संघसंस्था र अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर काम गर्न पनि उनले सुझाव दिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतको लागि समन्वयनकारी भूमिका नखेलेको र सामाजिक सञ्जालमार्फत दैनिक गतिविधिको अपडेटमात्रै गराउँदा पीडित परिवार निराश बनेको पनि उनको टिप्पणी छ । 

बेपत्ता भएका नागरिकका परिवारजनले सास नभए पनि लास देउ भनेर आज एक सातासम्म पनि चिच्याउनुपर्ने विडम्बना आउनुले राज्य नभएको र असफलता भएको पूर्वसंकेत भएको उल्लेख गर्दै साहले प्रधानमन्त्री शाहलाई पीडित परिवारको साथमा उभिन र फिल्डमै पुगेर आश्वस्त पार्न सुझाव समेत दिएका छन् । 

उनले भने,’प्रधानमन्त्रीले यस्तो बेलामा पीडितहरूको संवेदनशीलता बुझ्नुपर्छ । गम्भीरता देखाउनुपर्छ ।’

संसद्मा आएर एकोहोरो लिखित मन्तव्य वाचन गरेर कसैसँग नबोली हिँड्ने र यस्तो विपत्तिको घडीमा अन्य दलहरूसँग पनि समन्वय नगर्दा नराम्रो सन्देश प्रवाह भएको साहले स्मरण गराएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : ५२ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु