वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै « Khabarhub

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै



काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी आउने गरेको देखिएको छ । 

साथै, नेपालमा प्रतिवर्ष वास्तविक लगानीको तुलनामा लाभांश फिर्ताको रकम पनि धेरै माथि हुने नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा सार्वजनिक गरिएको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष २०८१/८२ को सर्वेक्षण प्रतिवेदन’ले देखाएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा कुल वैदेशिक लगानीको प्रवाह १२ अर्ब पुगेको छ । कुल लगानी प्रवाह सकारात्मक रहे पनि सोही अवधिमा ४.७ अर्ब बराबरको विदेशी लगानी फिर्ता भएको छ, जुन कुल प्रवाहको करिब ३९.२ प्रतिशत हुन आउँछ । 

लगानी फिर्ताको यो रकम घटाउँदा नेपालमा खुद वैदेशिक लगानी प्रवाह ७.३ अर्ब देखि ७.५ अर्ब कायम भएको सर्वेक्षणले देखाएको छ ।

नेपालमा विदेशी लगानी स्वीकृत हुने र वास्तविक रूपमा भित्रिने रकम बीच ठूलो अन्तर रहेको प्रतिवेदनले औंल्याएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र ६४ अर्ब ९६ करोड ५१ लाख बराबरको एफडीआई स्वीकृत भएको थियो, जसको तुलनामा वास्तविक खुद वैदेशिक लगानी प्रवाह जम्मा ११.२५ प्रतिशत मात्र रहेको छ । 

ऐतिहासिक रूपमा हेर्दा, आर्थिक वर्ष २०५२/५३ देखि २०८१/८२ सम्म स्वीकृत कुल वैदेशिक लगानीको केवल २९.६ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखिन्छ । 

यस प्रकारको अन्तर सिर्जना हुनुमा विदेशी लगानीकर्ताले सुरुमा प्रतिबद्धता गरेको रकम पूर्ण रूपमा नल्याउनु, स्वीकृत र वास्तविक लगानी प्रवाहबीच समयको अन्तर हुनु र परियोजना निर्माण अवधि लामो हुनु जस्ता कारणहरू रहेका छन् ।

प्रतिवेदनअनुसार ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष २०८१/८२ को सर्वेक्षण प्रतिवेदन’ अनुसार नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दातमा भने सुस्त क्रमिक सुधार देखिएको छ । 

आर्थिक वर्ष ०८१/८१ मा नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ४० अर्ब पुगेको छ । 

यो वृद्धि मुख्य रूपमा अतिरिक्त इक्विटी लगानी र सञ्चित नाफाको पुनः लगानीका कारण भएको हो ।

प्रत्यक्ष वैदेशिक लगानीको स्वरूप चुक्ता पूँजीको हिस्सा सबैभन्दा बलियो

नेपालमा रहेको कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दातमा शेयर हिस्साका आधारमा वित्तीय वर्गीकरण गरेर हेर्दा कुल मौज्दातको सबैभन्दा ठूलो हिस्सा चुक्ता पुँजीले ओगटेको छ । अघिल्लो वर्ष ५०.७ प्रतिशत रहेको यसको अंश यस समीक्षा वर्षमा बढेर ५४.२ प्रतिशत पुगेको छ ।

आर्थिक वर्ष ०८१/८२ को प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताहरूले नेपालमा आर्जन गरेको नाफाबाट पुनः लगानी गरेको हिस्सा कुल मौज्दातको एक तिहाइ भन्दा बढी अर्थात् ३६.९ प्रतिशत रहेको छ । वैदेशिक लगानीकर्ता र तिनका भगिनी कम्पनीहरू बीच प्रवाह भएको ऋणको अंश कुल मौज्दातको ८.९ प्रतिशत रहेको पनि प्रतिवेदनले देखाएको छ ।

यस्तो ऋण मुख्यतया पूँजीप्रधान परियोजनाहरू सञ्चालन गर्न प्रयोग भएको पाइन्छ । समीक्षा अवधिमा अन्तर–कम्पनी ऋणको हिस्सा २८.१ प्रतिशतले घटेको देखिन्छ, जसले लगानीकर्ताहरू विस्तारै कर्जा लगानीबाट इक्विटी लगानीतर्फ आकर्षित हुँदै गएको देखाएको छ ।

ऊर्जा र उत्पादनमूलक उद्योगमा लगानीकर्ताको रोजाइ

नेपालको औद्योगिक र सेवा दुवै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी केन्द्रित रहेको पाइए पनि औद्योगिक क्षेत्रको हिस्सा अझै पनि बलियो छ । कुल एफडीआई मौज्दातको ५६.२ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रमा रहेको छ ।

जलविद्युत र ऊर्जा क्षेत्र क्षेत्रमा कुल मौज्दातको २७.८ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा २७.८ प्रतिशत, सेवा क्षेत्रमा ४३.७ प्रतिशत, वित्तीय तथा बीमा सेवा क्षेत्रमा २६.३ प्रतिशत, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ८.२ प्रतिशत र नेपालको पर्यटन उद्योगसँग जोडिएको आवास तथा भोजन क्षेत्रमा ७.० प्रतिशत लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

मुलुकमा पर्यटन र सूचना प्रविधि जस्ता नयाँ र सम्भावनायुक्त क्षेत्रहरू बिस्तारै उदाइरहेका भए तापनि विदेशी लगानी अझै पनि सीमित क्षेत्रहरूमा मात्र केन्द्रित रहेको पाइएको छ । लगानीको जोखिम न्यूनीकरण र फराकिलो आर्थिक प्रभावका लागि अन्य क्षेत्रहरूमा पनि प्रत्यक्ष वैदेशिक लगानीको विविधीकरण आवश्यक रहेको प्रतिवेदनले सिफारिस गरेको छ ।

छिमेकी मुलुक भारत लगानीमा पहिलो, चीन दोस्रो स्थानमा

नेपालमा कुल ६० वटा देशहरूबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनले देखाएको छ । जसमध्ये कुल मौज्दातका आधारमा नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी गर्ने मुलुक भारत हो । कुल प्रत्यक्ष वैदेशिक लगानी मौज्दातमा भारतको हिस्सा ३२.८ प्रतिशत रहेको छ । भारतको लगानी मुख्यतया उत्पादनमूलक क्षेत्र, जलविद्युत र ऊर्जा क्षेत्र र वित्तीय क्षेत्रमा केन्द्रित छ ।

कुल वैदेशिक लगानी मौज्दातमा चीन ९.३ प्रतिशत हिस्सा सहित दोस्रो स्थानमा रहेको छ । चीनको लगानी अत्यधिक रूपमा जलविद्युत र ऊर्जा उपक्षेत्रमा केन्द्रित छ । 

कुल मौज्दातको ७.३ प्रतिशत हिस्सा सहित आयरल्यान्ड तेस्रो, अष्ट्रेलियाको ६.५ प्रतिशत सहित चौथो र सिंगापुरको ५.४ प्रतिशत लगानी सहित सिंगापुर पाँचौँ स्थानमा रहेको छ ।

यसबाहेक, संयुक्त राज्य अमेरिकाको ५.२ प्रतिशत, दक्षिण कोरियाको ४.७ प्रतिशत र वेस्ट इन्डिजको ४.४ प्रतिशत हिस्सा रहेको छ । नेपालको वैदेशिक प्रत्यक्ष लगानीमा एसियाली देशहरूकै उपस्थति बलियो रहेको तथ्यांकले देखाउँछ ।

नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको वितरणमा प्रादेशिक रूपमा गम्भीर असमानता देखिएको छ । पूर्वाधार विकास, बजारको सुलभता र प्रशासनिक सुविधाहरूको सहजताका कारण कुल वैदेशिक लगानीको ६४.० प्रतिशत वाग्मती प्रदेशमा मात्र केन्द्रित रहेको छ ।

त्यसैगरी, दोस्रो स्थानमा कोशी प्रदेशमा १३.४ प्रतिशत र तेस्रो स्थानमा गण्डकी प्रदेशमा १० प्रतिशत लगानी रहेको छ । बाँकी प्रदेशहरूमा लगानीको हिस्सा निकै न्यून छ, जस अनुसार मधेश प्रदेशमा ६.८ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ४.२ प्रतिशत, लुम्बिनी प्रदेशमा १.४ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् १ प्रतिशत भन्दा पनि न्यून लगानी रहेको छ ।

लाभांश फिर्ताको अवस्था

आर्थिक वर्ष २०८१/८२ मा नेपालमा सञ्चालित विदेशी लगानी भएका उद्योग तथा व्यवसायहरूले ३३ अर्ब ९१ करोड ४१ लाख लाभांश फिर्ता लगेका छन् । 

यस अन्तर्गत सबैभन्दा बढी लाभांश फिर्ता लैजानेमा उत्पादनमूलक क्षेत्र अग्रस्थानमा रहेको छ, जसले २८ अर्ब ९९ करोड ७६ लाख८८ फिर्ता लगेको छ । त्यसैगरी, दोस्रो स्थानमा वित्तीय तथा बीमा क्षेत्रले ३ अर्ब ७४ करोड ३८ लाख लाभांश फिर्ता लगेको छ ।

नेपालमा सञ्चालित प्रत्यक्ष वैदेशिक लगानी भएका उद्योगहरूको वित्तीय कार्यसम्पादन मध्यम रहेको सर्वेक्षणले देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा सर्वेक्षणमा समेटिएका उद्योगहरूको कुल सञ्चालन बिक्री आम्दानी ४ खर्ब ७० अर्ब ८० करोड रहेको छ, जुन अघिल्लो वर्षको ४ खर्ब ७४ अर्बको तुलनामा सामान्य (०.७ प्रतिशत) कमी हो । 

विदेशी लगानी भएका कम्पनीहरूको औसत स्वपुँजी प्रतिफल ११.२ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्ष ११.४ प्रतिशत रहेको थियो ।

वैदेशिक ऋण परिचालन र क्षमता उपयोगको अवस्था

नेपालमा जलविद्युत र उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी आवश्यकता पूर्ति गर्न बाह्य व्यावसायिक ऋणको परिचालन उल्लेख्य रूपमा बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा नेपालमा विदेशी लगानी रहेका कम्पनीहरूको कुल बक्यौता वैदेशिक ऋण (विदेशी प्रत्यक्ष लगानीकर्ताहरूबाट प्राप्त प्रत्यक्ष ऋण बाहेक) ७५ अर्ब ७८ करोड ७५ लाख पुगेको छ, जुन अघिल्लो वर्ष ५९ अर्ब ८७ करोड ७१ लाख मात्र रहेको थियो । 

यसरी भित्रिएको बाह्य ऋणको सर्वाधिक उपयोग जलविद्युत तथा ऊर्जा क्षेत्रका कम्पनीहरूले गरेका छन्, जसको कुल ऋण हिस्सा ५२ अर्ब ८२ करोड ४८ लाख रहेको छ ।

यसैगरी, वैदेशिक लगानी भएका उत्पादनमूलक उद्योगहरूको औसत उत्पादन क्षमता उपयोगमा सुधार आएको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा जम्मा ४७.५ प्रतिशत रहेको उत्पादनमूलक उद्योगहरूको क्षमता उपयोग समीक्षा वर्ष २०८१/८२ मा उल्लेख्य रूपमा वृद्धि भई ८८५९.४ प्रतिशत८८ पुगेको छ । 

यद्यपि, उत्पादनको पूर्ण क्षमता अझै पनि उपयोग हुन नसकेकाले कार्यकुशलता र बजारको माग विस्तार गर्ने प्रचुर सम्भावना बाँकी नै रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : ०० बजे

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन