अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने « Khabarhub

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई दिइने भएको छ । नेपाल आयल निगमको उपस्थितिमा ग्यास बिक्रेता महासंघ र ग्यास बिक्रेता संघ काठमाडौंले बुधबार सो सहमति गरेका हुन् ।

सहमतिमा ग्यास बिक्रेताहरूले हाललाई व्यावसायिक प्रयोजनको लागि बिक्री वितरण रोकेर अति आवश्यक उपभोक्तालाई बिक्री गर्ने भनिएको छ । साथै, सहमतिमा ग्यास बिक्रेताहरूले  विद्यार्थी, अशक्त, बिरामी, जेष्ठ नागरिक, विभिन्न आश्रम, बाढी पीडितको लागि खुलेका सेल्टर आदिलाइई आवश्यकताअनुसारको ग्यासको व्यवस्था मिलाउने उल्लेख छ ।

केही दिन अघि पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि नारायणगढ–मुग्लिङ–काठमाडौंको यातायात सेवा ठप्प हुन पुगेको छ । जसले गर्दा विगत लामो समयदेखि आवश्यकताअनुसार आपूर्ति हुन नसकेको ग्यासको आपूर्तिमा थप असर पर्ने देखिएको छ । 

सोही परिस्थितिलाई समेत मध्येनजर गरेर सहमतिमा हाललाई तराईका उद्योगहरूमा ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाएको भनिएको छ । साथै, समानुपातिक ढंगले ग्यास वितरणको व्यवस्था मिलाउने र व्यावसायिक प्रयोजनमा उपभोग गर्ने व्यवसायीले आफूले उपभोग गर्ने ब्राण्डको एलपी सिलिण्डर सम्बन्धित उद्योगसँग समन्वय गरेर तराइका उद्योगमा गएर रिफिल गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

ग्यास बिक्रेता महासंघले र काठमाडौं संघले गरेको सहमतिले ग्यासको सहज आपूर्ति नहुने बेलासम्म अब व्यावसायिक बिक्रेताले काठमाडौंबाटै ग्यास नपाउने देखिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : ५८ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको