अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह « Khabarhub

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन र गलत कार्य सच्याउन आग्रह गरेको छ । 

चीनको वाणिज्य मन्त्रालयले बिहीबार अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन आग्रह गरेको हो । 

अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को अनुमति बिना लगाइएका एकपक्षीय प्रतिबन्धप्रति चीनको दृढ विरोध रहने मन्त्रालयका प्रवक्ता हुआङ लिङले नियमित पत्रकार सम्मेलनमा बताए। 

चीनले बारम्बार प्रतिनिधित्व गरे पनि अमेरिकी पक्षले इरानसँगको कथित सम्बन्धका आधारमा चिनियाँ कम्पनी र नागरिकमाथि धेरै पटक प्रतिबन्ध लगाएको छ । यसप्रति चीनले गहिरो असन्तुष्टि र दृढ विरोध जनाएको उनले बताए। 

अमेरिकाको एकपक्षीय प्रतिबन्धले सम्बन्धित देशहरूबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमा अनुचित हस्तक्षेप गर्ने र विश्व ऊर्जा सुरक्षा तथा स्थिर आपूर्तिलाई गम्भीर रूपमा बाधा पुर्‍याउने प्रवक्ताले बताए। 

चीनले आफ्ना उद्यम तथा नागरिकका वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने हुआङले बताए। 

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ६ : ४९ बजे

बागमतीका मुख्यमन्त्री थापामगरबाट नारी शक्तिको सम्मान गर्न आग्रह

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर)

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड