आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि « Khabarhub

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन भन्ने दुबिधामा स्थानीय छन् । 

आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पालुङटार नगरपालिका-५ नौखोरवासीले भटाभट कुशको शव बनाएर काजकिरिया थालेका छन् । 

यही भदौ १० गते भोटेकोशीमा आएको बाढीले पालुङटार-५ नौखोरबाट गोसाइँकुण्ड तीर्थ गएको यात्रुवाहक बस बेपत्ता बनाएको थियो । बसमा सवार ३६ मध्ये छ जना सकुशल भेटिएका छन् । चार जनाको शव चितवन र नवलपुरमा भेटिएको छ भने २६ जनाको अवस्था अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार सम्पर्कविहीन भएका ३० जनामध्ये कमला देवकोटा, सुजता कौडाल, सुमी कुमाल र केदार पण्डितको शव फेला परेको हो । शव फेला परेकाहरूको परम्परागत रूपमा दाह संस्कार पनि भइसकेको उनले जानकारी दिए । 

‘अहिलेसम्म शव नभेटिएकाहरूको पनि कुशको शव बनाएर दाहसंस्कार सुरु गरेका छौँ’, स्थानीय लक्ष्मण गिरीले भने, ‘हराएको एक हप्ता भयो, अब त शव भेटिने आशा पनि छैन । त्यसैले आफ्नो परम्पराअनुसार कुशको शव बनाएर दाह संस्कार गर्नुपरेको हो ।’

पालुङटार नगरपालिकाको मर्स्याङ्दी र चेपे नदीको दोभानमा बुधबार सात र बिहीबार चार जनाको कुशको शव बनाएर अन्येष्टि गरिएको उनले जानकारी दिए। 

बुधबार बाढीमा बेपत्ता भएका बस चालक सागर देवकोटा, उनकी आमा राममाया देवकोटा, पद्मकुमारी देवकोटा, नानुमाया थापा, सरिता अधिकारी पण्डित, दुर्गा देवकोटा र सुस्मा न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । बिहीबार भने मुक्तिनाथ अम्गाईं र उनकी श्रीमती मिठुमाया अम्गाईं तथा मधुमाया पण्डित र उनकी देउरानी कमला पण्डितको कुशको शवको दाहसंस्कार गरिएको स्थानीय लक्ष्मण गिरीले बताए।

बेपत्ता भएका अन्यको पनि कुशको शव बनाएर अन्येष्टि गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘एकैदिन एउटै परिवारका सबै जनाको अन्येष्टि गर्न नमिल्ने रहेछ, त्यसैले दिन बिराएर गर्न लागेका हौँ । यहाँ एउटा सिङ्गो परिवार बेपत्ता भएको अवस्था छ’, उनले दुःख पाखे । 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : ५७ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा