चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली « Khabarhub

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्।

बिहिबार रसुवा पुगेका राजदूत श्रीवास्तवले सुरुङमा फसेकाहरूको उद्धारका लागि खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी उद्धार कार्यको अवस्थाबारे जानकारी लिएका हुन्।

नेपाली सेनासँग मिलेर काम गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गर्दै सुरुङभित्र करिब १०० मिटर क्षेत्रको खोजी गरिसकेको श्रीवास्तवले जानकारी दिएका छन्।

सुरुङभित्र थप अगाडि बढ्नका लागि भारी उपकरण ल्याउने तयारी भइरहेको उनलेे बताएका छन् । उद्धारस्थलको दलदलजस्तो जमिन र कठिन भू–भागका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको उनले बताएका छन्।

कठिन परिस्थितिका बाबजुद भारतीय र नेपाली टोली उद्धार कार्यमा निरन्तर खटिरहेको उनले उल्लेख गरेका छन् । राजदूत श्रीवास्तवले दुवै देशका प्राविधिक तथा उद्धार टोलीले चुनौतीपूर्ण अवस्थामा पनि कामलाई निरन्तरता दिएको बताएका छन्।

रसुवाको चिलिमे पावरहाउस सुरुङमा जारी उद्धार अभियानमा नेपाली सेना र भारतीय प्राविधिक टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य गरिरहेका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ८ : ४२ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको