भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग « Khabarhub

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीका परिवारलाई विभिन्न शीर्षकमा राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय पनि गरेको छ ।

यसका लागि सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको तथा उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिनको तलब बराबरको रकम योगदान गर्नेछन् ।

यस्तै, जुनियर अधिकृतले सात दिनको, वरिष्ठ हवलदारदेखि जवानसम्मले पाँच दिनको तथा सशस्त्र प्रहरी परिचरले तीन दिनको तलब बराबरको रकम कोषमा योगदान गर्ने निर्णय भएको छ ।

बाढीको दिन बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा भने तलब कट्टा नगरिने भएको छ ।

मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल १५ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।

यसबाहेक कर्मचारी मृत्यु भएमा उपलब्ध गराइने राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम पाँच लाख र सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम थप पाँच लाख रुपैयाँ उपलब्ध गराइनेछ । यसरी मृतकका परिवारले कुल २५ लाख रुपैयाँ राहत पाउनेछन् ।

बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने निर्णय पनि गरेको छ । मृतकका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिइने भएको छ ।

बाढीमा सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। बाढीका कारण ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय पनि भएको छ ।

मृतक कर्मचारीका आश्रित परिवारका एक(एक जना सदस्यलाई सीपमूलक तालिम उपलब्ध गराइनेछ। यस्तै, सोही बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

घरवारविहीन भएमा पनि एक लाख रुपैयाँ उपलब्ध गराइनेछ भने आंशिक रूपमा भौतिक संरचनामा क्षति पुगेका तथा घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने भएको छ ।

बैठकले भदौ १० गतेको बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारी, अन्य सुरक्षाकर्मी तथा सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ ।

यसका साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १० : ३० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार