मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

शुक्रबार राति जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे४प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको हो । घटनामा घाइते भएका मोरङ पथरीशनिश्चरे गाँउपालिका–८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका कुमार र सन्देशलाई क्रमशः मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे गाउँपालिका –०८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ९ : ३० बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली