मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

शुक्रबार राति जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे४प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको हो । घटनामा घाइते भएका मोरङ पथरीशनिश्चरे गाँउपालिका–८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका कुमार र सन्देशलाई क्रमशः मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे गाउँपालिका –०८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ९ : ३० बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क