१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै « Khabarhub

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ । वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामनासहित यो व्रत बस्ने परम्परा रहिआएको छ ।

व्रत अवधिभर श्रद्धालुहरूले दैनिक स्नान गरी महालक्ष्मीको पूजा(आराधना, दीप प्रज्वलन तथा सात्विक नियमको पालना गर्दै आएका छन् । यस अवधिमा संयमित जीवनयापन गर्दै ब्रह्मचर्य पालना गर्ने, भूमिमा शयन गर्ने, फलाहार भोजन गर्ने र दैनिक साँझमा चन्द्रमालाई अघ्र्य दिने परम्परा रहिआएको ज्योतिष एवं पुराणवाचक हरिहर सुवेदीले जानकारी दिए । उनका अनुसार व्रतको अन्तिम अर्थात् १६औँ दिन आज श्रद्धालुहरूले विशेष धार्मिक विधिपूर्वक ‘उद्यापन’ गरी व्रत पूरा गर्दछन् ।

यस दिन व्रतालु बिहानै स्नान गरी रातो वा पहेँलो वस्त्र र १६ शृङ्गारमा सजिएर पूजा मण्डपमा चामलका १६ वटा साना थुप्रा (बिरकुटी) बनाउँछन् । हरेक थुप्रामा एकएक वटा सुपारी, सिक्का, दुबो र मीठा पकवान (मालपुवा वा खीर) राखेर महालक्ष्मीको स्वरूप मानी पूजा गरिन्छ । त्यसपछि प्रथम दिन बाँधिएको १६ गाँठो भएको पवित्र धागो फुकाएर माताको चरणमा चढाउने र पछि घरको ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान रहेको पुराणवाचक सुवेदीले बताए ।

उनका अनुसार अन्तिम दिन श्रद्धापूर्वक व्रत कथा सुनेर हवन गर्ने, साँझपख चन्द्रमा उदाएपछि जल, काँचो दूध, अक्षता र फूल मिसाएर चन्द्रमालाई अर्घ अर्पण गर्ने परम्परा छ । त्यसपछि १६ जना सुहागिनी वा ब्राह्मणलाई सौभाग्य सामग्री, पकवान र दक्षिणा दिएर आशीर्वाद लिँदै महालक्ष्मीको प्रसाद ग्रहण गरेपछि यो व्रत सम्पन्न हुने उनले जानकारी दिए ।

छ वर्षदेखि निरन्तर महालक्ष्मी व्रत बस्दै आएकी बनेपाकी स्थानीय प्रमिला खड्काले १६ दिनसम्म नियमपूर्वक छुट्टाछुट्टै १६ वटा सामग्री राखेर महालक्ष्मीको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले आफूले व्रत गरेको बताइन् । यस अवसरमा महालक्ष्मी अष्टकम् पाठ गर्नाले घरको दरिद्रता नाश भई सुख, सम्पत्ति र वैभव प्राप्त हुने धार्मिक विश्वास रहिआएको उनको भनाइ छ ।

भगवान् शङ्करले भगवती पार्वती र देवराज इन्द्रलाई महालक्ष्मीको व्रत तथा पूजाआराधना गर्न भनेपछि उहाँहरूले यो व्रत गर्नुभएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पुराणवाचक सुवेदीले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १२ : ०५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा