कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो « Khabarhub

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। पछिल्ला केही सातायता केही स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको उनीहरूले जनाएका छन्।

कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिए।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार सात प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा फैलिएको संक्रमणबाट हालसम्म आठ हजार तीन सय जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये चार हजार १८ जनाको मृत्यु भएको छ भने दुई हजार १६२ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ।

प्रकोप सुरु भएयता संक्रमण देखिएका ६३ स्वास्थ्य क्षेत्रमध्ये १२ क्षेत्रमा पछिल्ला ४२ दिनदेखि नयाँ संक्रमित फेला परेका छैनन्। मन्त्री काम्बाका अनुसार संक्रमणको अवस्था क्षेत्रअनुसार फरक भए पनि पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने स्वास्थ्य क्षेत्रको संख्या क्रमशः घट्दै गएको छ।

यद्यपि, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था ‘सीमा विनाका चिकित्सक’ (एमएसएफ)ले आधिकारिक तथ्यांकभन्दा वास्तविक संक्रमित र मृतकको संख्या बढी हुन सक्ने जनाएको छ। रोगको निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना आधिकारिक तथ्यांकमा समेटिन नसकेको संस्थाको भनाइ छ।

मे महिनामा घोषणा गरिएको यो संक्रमण लोकतान्त्रिक गणतन्त्र कंगोमा हालसम्म देखिएको सबैभन्दा ठूलो र गम्भीर इबोला प्रकोप बनेको छ। विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप भएको जनाइएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : ३८ बजे

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।