कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो « Khabarhub

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। पछिल्ला केही सातायता केही स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको उनीहरूले जनाएका छन्।

कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिए।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार सात प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा फैलिएको संक्रमणबाट हालसम्म आठ हजार तीन सय जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये चार हजार १८ जनाको मृत्यु भएको छ भने दुई हजार १६२ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ।

प्रकोप सुरु भएयता संक्रमण देखिएका ६३ स्वास्थ्य क्षेत्रमध्ये १२ क्षेत्रमा पछिल्ला ४२ दिनदेखि नयाँ संक्रमित फेला परेका छैनन्। मन्त्री काम्बाका अनुसार संक्रमणको अवस्था क्षेत्रअनुसार फरक भए पनि पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने स्वास्थ्य क्षेत्रको संख्या क्रमशः घट्दै गएको छ।

यद्यपि, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था ‘सीमा विनाका चिकित्सक’ (एमएसएफ)ले आधिकारिक तथ्यांकभन्दा वास्तविक संक्रमित र मृतकको संख्या बढी हुन सक्ने जनाएको छ। रोगको निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना आधिकारिक तथ्यांकमा समेटिन नसकेको संस्थाको भनाइ छ।

मे महिनामा घोषणा गरिएको यो संक्रमण लोकतान्त्रिक गणतन्त्र कंगोमा हालसम्म देखिएको सबैभन्दा ठूलो र गम्भीर इबोला प्रकोप बनेको छ। विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप भएको जनाइएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : ३८ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले