युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग « Khabarhub

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन युरोपेली सङ्घ (इयू)बाट दुई दशमलव नौ अर्ब युरो आर्थिक सहयोग प्राप्त गरेको छ ।

युक्रेनको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्राप्त रकम समष्टिगत आर्थिक स्थायित्व कायम राख्न, प्राथमिकताप्राप्त बजेट खर्च व्यवस्थापन गर्न, पुनर्लाभ तथा आधुनिकीकरणका कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेछ ।

त्यस्तै, युरोपेली सङ्घको सदस्यतातर्फ अघि बढ्ने क्रममा आवश्यक सुधार कार्यक्रम कार्यान्वयनमा पनि उक्त रकम खर्च गरिने मन्त्रालयले जनाएको छ ।

कुल सहयोगमध्ये युक्रेनले ‘युक्रेन सहयोग ऋण’ (युएसएल) अन्तर्गत पहिलो किस्तास्वरूप ८० करोड युरो प्राप्त गरेको छ । यो रकम करिब ८९ करोड ८० लाख अमेरिकी डलर बराबर हो ।

युएसएल युरोपेली सङ्घले स्थापना गरेको ९० अर्ब युरो बराबरको वित्तीय संयन्त्र हो । सन् २०२६ देखि २०२७ सम्मको अवधिमा युक्रेनको बजेट तथा रक्षासम्बन्धी आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले यो संयन्त्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ४ : ४५ बजे

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको