विपद प्रभावितलाई करिब १७ लाख रुपैयाँ राहत वितरण « Khabarhub

विपद प्रभावितलाई करिब १७ लाख रुपैयाँ राहत वितरण


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी, पर्वत र बागलुङमा विपद परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब १७ लाख राहत सहयोग गरिएको छ ।

पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।

म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराइएको पुनमगर समाजका योगकुमार फगामीले जानकारी दिए ।

मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

त्यसैगरी, बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही १० हजारका दरले एक लाख ३० हजार वितरण गरिएको छ । पर्वत जिल्लामा दुई लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

म्याग्दीका प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि राहत रकम उपलब्ध गराइएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५० हजार, मालिका र मङ्गला गाउँपालिकाको कोषमा २५ हजार रुपैयाँका दरले सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि दुई लाख, काफलडाँडाका लागि दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि ६४ हजार ३७५ सहयोग हस्तान्तरण गरिएको छ ।

पर्वतका मिर्गौला पीडितलाई एक लाख ५५ हजार सहयोग गरिएको छ । समाजले विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ८ : २० बजे

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

कास्की– पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ– छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिएकाे छ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ– काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको