बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै « Khabarhub

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ ।

कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए । अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे ।

थापाकाअनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १० : ४९ बजे

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

वासिङ्टन– अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

भद्रपुर– मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।   प्रधानमन्त्री

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो

बाँके– मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको

भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक

काठमाडौं– बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत