६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा « Khabarhub

६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताए ।

जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२–८३ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा प्रदेश सरकारले लगानी गर्ने बताए ।

टुक्रे योजनामा बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको जानकारी दिए ।

उनले सङ्घीय तथा प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै ढिलासुस्ती नगरी समयमै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गरे ।

मुख्यमन्त्री थापा मगरले हेटौँडालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले विकास योजनाको गुणस्तर तथा प्रगति अनुगमनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ११ : ५३ बजे

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

वासिङ्टन– अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

भद्रपुर– मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।   प्रधानमन्त्री

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो

बाँके– मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको

भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक

काठमाडौं– बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत