वैतेश्वरका ७ सडकमा एकैपटक ठेक्का, ८ करोड २० लाख बजेट « Khabarhub

वैतेश्वरका ७ सडकमा एकैपटक ठेक्का, ८ करोड २० लाख बजेट


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका सातवटा मुख्य ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिका लागि मंगलबार एकैपटक ठेक्का आह्वान गरेको छ।

चालु आर्थिक वर्ष २०८३/०८४ मा गाउँपालिकाको आन्तरिक स्रोत, संघीय सरकार र बागमती प्रदेश सरकारको समपूरक अनुदान साझेदारीमा कुल ८ करोड २० लाख रुपैयाँ बराबरको बजेटबाट सडक निर्माणको काम अघि बढाइएको हो।

गाउँकार्यपालिकाको बैठकबाट आवश्यक निर्णय गरी वार्षिक बजेटअनुसार सडक ढलान तथा कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिए।अध्यक्ष लामाका अनुसार वैतेश्वरले पछिल्लो ६ वर्षदेखि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै हालसम्म करिब ३५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ।

चालु वर्ष पनि मुख्य ग्रामीण सडकको स्तरोन्नति र पक्की सडक निर्माणलाई निरन्तरता दिइएको उनले बताए। सडक स्थानीय विकासको मेरुदण्ड भएकाले स्वास्थ्य, शिक्षा, खानेपानी र कृषिसँगै सडक पूर्वाधारलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन खनालका अनुसार सातवटा सडक योजनामध्ये गोपी–जोरमाने सडक ढलानका लागि बागमती प्रदेश सरकारको एक करोड र गाउँपालिकाको आन्तरिक स्रोतबाट एक करोड गरी दुई करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ।

त्यसैगरी बस्ती–पुतलीकाठ सडकका लागि पनि प्रदेश सरकारको एक करोड र गाउँपालिकाको एक करोड गरी दुई करोड रुपैयाँ विनियोजन गरिएको छ।संघीय सरकारले चालु आर्थिक वर्ष वैतेश्वरका लागि विनियोजन गरेको ३० लाख रुपैयाँमा गाउँपालिकाले थप ३० लाख रुपैयाँ जुटाएर मेघेचौर–डाँडागाउँ सडकका लागि ६० लाख रुपैयाँको ठेक्का आह्वान गरेको छ।

त्यस्तै, गाउँपालिकाको आन्तरिक स्रोतबाट अन्य चार सडक निर्माणका लागि तीन करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।

जसअनुसार मिर्गे–भूमेथान–लहरेमाने सडकका लागि एक करोड, माझीबस्ती सडकका लागि ६० लाख, सुलीडाँडा–गाउँपालिका सडकका लागि एक करोड र मैनापोखरी–देउराली–क्षेत्रपा सडकका लागि एक करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए।

सडक निर्माण सम्पन्न भएपछि गाउँपालिकाका मुख्य बस्ती, बजार तथा ग्रामीण क्षेत्रलाई सहज यातायात सञ्जालमा जोड्न, कृषि उपजको ढुवानी सहज बनाउन र नागरिकको आवागमनलाई सुरक्षित तथा सुविधाजनक बनाउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।

वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको समस्या भोग्दै आएका स्थानीयलाई पक्की सडक निर्माणले राहत पुग्ने विश्वास गरिएको छ। सातवटै सडक योजना सम्पन्न भएपछि वैतेश्वरको ग्रामीण पूर्वाधार विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : १४ बजे

भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा 

नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोग र निद्रासम्बन्धी

जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक

काठमाडौँ – जनकपुर बोल्ट्सविरुद्ध विरानटगर किंग्सका इम्रान शेख र लोकेश

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो दाबी

काठमाडौँ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस

भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो’ सुरू (तस्बिरहरू)

काठमाडौं– नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा

डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिन गर्न प्रदेश र केन्द्रको टोली पुग्यो

काठमाडौँ – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएको