भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक « Khabarhub

भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत छाड्न जारी गरिएको नोटिस कार्यान्वयन नगर्न बम्बई उच्च अदालतले आदेश दिएको छ ।

मुम्बई प्रहरीले देश छाड्न दिएको समयसीमा नजिकिँदै गर्दा अदालतबाट राहत पाएपछि इमरानलाई तत्काल भारत छाड्नुपर्ने बाध्यता हटेको छ ।

प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिँदै ‘लिभ इन्डिया नोटिस’ जारी गरेको थियो । उक्त निर्णयविरुद्ध उनले बम्बई उच्च अदालतमा रिट दायर गरेका थिए ।

अक्टोबर २७ मा पहिलो सुनुवाइ गर्दै अदालतले नोटिस कार्यान्वयनमा अन्तरिम रोक लगाएको थियो । पछिल्लो सुनुवाइमा पनि अदालतले उक्त रोकलाई निरन्तरता दिएको छ। अब यस मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा हुनेछ ।

मुख्य न्यायाधीश महेश चन्द्र त्रिपाठीको इजलासले इमरानविरुद्ध दर्ता भएको एफआईआरको पछिल्लो अवस्थाबारे जानकारीसमेत मागेको छ । सुनुवाइका क्रममा इमरानले अदालतसमक्ष बिनासर्त माफी माग्दै भविष्यमा कुनै पनि विरोध प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । उनले यससम्बन्धी शपथपत्रसमेत पेस गरेका छन् ।

इमरान मुम्बईको अगस्त क्रान्ति मैदानमा आयोजित एक विरोध प्रदर्शनमा सहभागी भएका थिए । उक्त प्रदर्शनमा भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिएको थियो। यही प्रदर्शनसँग जोडिएको घटनापछि उनीविरुद्ध प्रहरीको प्रक्रिया अघि बढेको थियो ।

अदालतको आदेशअनुसार अब अर्को सुनुवाइ नहुँदासम्म विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले उनीविरुद्ध जारी नोटिसका आधारमा कुनै कारबाही गर्न पाउने छैन । यससँगै इमरानले तत्कालका लागि ठूलो कानुनी राहत पाएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : २४ बजे

तीन दशकमा दोहोरियो आईजीपी हटाउने इतिहास : के भएको थियो ०५३ सालमा ?

काठमाडौँ – नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वालेन्द्र साह सरकारको

‘अबको ३० वर्षपछि सगरमाथामा हिउँ नै नदेखिने हो कि ?’

मैले सन् २००८ र सन् २०१८ मा खिचेका सगरमाथा क्षेत्रका

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौँ – सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको

बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु

नारायणगढ– बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको

अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च

वासिङ्टन- अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको चुनावी खर्च र