योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा « Khabarhub

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताए ।

हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उनले योगको प्रवर्द्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए ।

योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन सहयोग पुग्ने बताउँदै उनले चिकित्सकका अनुसार नसा, थाइराइड, सुगर, प्रेसरबाट बच्नका लागि योगको महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । 

मुख्यमन्त्री थापा मगरले बिहानको समयमा मोबाइल हेर्नभन्दा कम्तीमा एक घण्टा योग साधनामा समय दिन सबै नागरिकलाई आग्रह गरे ।

कात्तिक १३ गतेदेखि आजसम्म सञ्चालन भएको बृहत् योग विज्ञान शिविरमा दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित बनेको पतञ्जली योग समिति, मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । 

पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र प्रमुख प्रशिक्षकका रुपमा रहेको शिविरमा योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।

हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा प्रत्येक दिन बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म योग शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : ०२ बजे

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको