जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक « Khabarhub

जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनकपुर बोल्ट्सविरुद्ध विरानटगर किंग्सका इम्रान शेख र लोकेश बमले अर्धशतक बनाएका छन् । शेखले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनी ४५ बलमा ५६ रन बनाएर जनकपुरका अविषेक तिवारीबाट आएट भए ।

विराटनगरका ओपनर लोकेशले ३९ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । लोकेश र इम्रानले विराटनगरका लागि १०७ रनको साझेदारी गरे । अहिले क्रजमा लोकेश र आन्द्रे रसेल छन् । विराटनगरले १८ ‌ ‍ओभरमा दुई विकेटको क्षतिमा १४४ रन बनाएको छ ।

ओपनर शेहान जयसूर्या मात्र तीन बल खेलेर एक रन बनाउँदा आउट भएपछि इम्रान र लोकेसले उत्कृष्ट साझेदारी गरेका हुन् । लोकेश र इम्रानविरुद्ध जनकपुरले ६ जना बलर प्रयोग गरे पनि सफलता हासिल गर्न सकेको छैन ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले सुरुमा ब्याटिङ गरेको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : ५६ बजे

कोप-३१ का मुख्य एजेन्डा र नेपालको अडान

टर्कीको अन्टाल्याामा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा सम्बद्ध राष्ट्रहरूको

तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो, भारतमा सबैभन्दा बढी निर्यात

काठमाडौँ – नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा भारत प्रमुख गन्तव्य बनेको

ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी

मस्को– युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिकारस्वरूप रुसले केही

छिटो र सहज न्यायका लागि मेलमिलाप विधेयक ल्याएका हौँ : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार

काठमाडौँ– डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको