डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिन गर्न प्रदेश र केन्द्रको टोली पुग्यो « Khabarhub

डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिन गर्न प्रदेश र केन्द्रको टोली पुग्यो


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटासहित केन्द्रीय प्रहरी टोली डोल्पा पुगेको छ ।

केन्द्रीय टोलीको नेतृत्व एसएसपी राजीव बस्नेतले गरेका छन् । दुवै टोलीले कारागारको सुरक्षा व्यवस्था, कैदीबन्दी फरार हुनुअघिको अवस्था तथा सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्ने कर्णाली प्रदेशका एसएसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर सुरुङ खनी आठ जना फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ । 

यसैबीच, फरार भएकामध्ये दुई कैदीबन्दी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । बाँकी फरार कैदीबन्दीको खोजीका लागि प्रहरीले सम्भावित नाका तथा आवतजावतका क्षेत्रमा निगरानी बढाएको छ ।

फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना थिए । उनीहरूमध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : ४४ बजे

कोप-३१ का मुख्य एजेन्डा र नेपालको अडान

टर्कीको अन्टाल्याामा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा सम्बद्ध राष्ट्रहरूको

तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो, भारतमा सबैभन्दा बढी निर्यात

काठमाडौँ – नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा भारत प्रमुख गन्तव्य बनेको

ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी

मस्को– युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिकारस्वरूप रुसले केही

छिटो र सहज न्यायका लागि मेलमिलाप विधेयक ल्याएका हौँ : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार

काठमाडौँ– डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको