ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी « Khabarhub

ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिकारस्वरूप रुसले केही युरोपेली वस्तुको आयातमा शुल्क बढाउनेदेखि प्रतिबन्ध लगाउनेसम्मका कदम चाल्न सक्ने जनाएको छ ।

रुसी विदेश मन्त्रालयको आर्थिक सहयोग विभागका निर्देशक दिमित्री बिरिचेभस्कीले समाचार संस्था स्पुतनिकसँग कुरा गर्दै पश्चिमी प्रतिबन्धको जवाफ दिन रुसले लामो समयदेखि अन्तरनिकाय संयन्त्र सञ्चालन गर्दै आएको बताएका छन् ।

उनका अनुसार उक्त संयन्त्रले परिस्थितिको मूल्याङ्कन गरी आवश्यकताअनुसार छिटो र उपयुक्त प्रतिकारात्मक कदम चाल्न सहयोग गर्छ ।

सम्भावित उपायअन्तर्गत रुसका लागि प्रतिकूल मानिएका देशबाट आयात हुने निश्चित वस्तुमा भन्सार शुल्क बढाउने, केही वस्तुको आयात सीमित गर्ने तथा निर्यात र आयातमा कोटा निर्धारण गर्ने व्यवस्था छन् ।

आवश्यकताअनुसार अन्य व्यापारिक नियन्त्रणका उपायसमेत अपनाउन सकिने बिरिचेभस्कीले बताएका छन् ।

रुसी विदेश मन्त्रालयको पछिल्लो भनाइले इयुले लगाएको प्रतिबन्धको जवाफमा मस्कोले युरोपेली वस्तुको व्यापारमा थप कडाइ गर्न सक्ने सङ्केत गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : २५ बजे

लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा सन्तोष पाण्डे 

काठमाडौँ – नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको

एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो

एजेन्सी – शक्तिशाली एल निनोका कारण भारत र नेपालमा भारी

पोखराले गुमायो पाचौँ विकेट, ८ बलमा ३ रन बनाएका शकिब आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

नानो फर्टिलाइजर र जैविक मल आवश्यक पदार्थको सूचीमा समावेश

काठमाडौं– सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे प्रधानमन्त्रीलाई जानकारी थिएन

काठमाडौं– सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको