सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे प्रधानमन्त्रीलाई जानकारी थिएन « Khabarhub

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे प्रधानमन्त्रीलाई जानकारी थिएन


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश लगायतका केही अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए  ।

बैठकले एशियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

साथै बैठकले नानो फर्टिलाईजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रुपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्रारंगिक मल आवश्यक पदार्थको सूचीमा समावेश गर्ने मल नियन्त्रण आदेश २०८३ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए  ।

त्यस्तै बैठकले टर्कीमा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजित संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूको ३१ औं सम्मेलन कोप ३१ मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको उनले जानकारी दिए ।

त्यस्तै प्रवक्ता पोखरेलले पत्रकारलाई धरपकड गरिएकोबारे प्रधानमन्त्री तथा सरकारलाई कुनै पूर्वजानकारी नरहेको बताए । 

उनले प्रधानमन्त्रीले यसको जानकारी पाउने बित्तिकै पत्रकारलाई हिरासतमा नराख्न र तुरुन्त रिहा गर्न निर्देशन दिएको उल्लेख गरे । पत्रकारहरूलाई गिरफ्तार गरिएको वा नियन्त्रणमा लिइएको नभई केवल संवेदनशील सूचना चुहावटको विषयमा बुझ्नका लागि मात्र सोधपुछ गरिएको जानकारी प्राप्त भएको उनको भनाइ छ । 

प्रवक्ता पोखरेले यसमा यदि कुनै गैरकानूनी काम भएको भए वा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था आएमा थप कारबाही मन्त्रालयबाटै हुने उल्लेख गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ५ : ४० बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौंमा

काठमाडौं– प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि

जखेरा तालमा डुबेर एक बालिकाको मृत्यु

दाङ– लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा

१३ तस्बिरमा पोखरा भर्सेस लुम्बिनीको रोचक प्रतिस्पर्धा

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा

सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण

काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने