एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो « Khabarhub

एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – शक्तिशाली एल निनोका कारण भारत र नेपालमा भारी वर्षा तथा दक्षिण अमेरिकामा खडेरीको प्रभाव देखिएको छ । यसले धान, मकै, कफी र अन्य प्रमुख बालीको उत्पादन प्रभावित पार्ने जोखिम बढाएपछि आगामी वर्ष खाद्यान्नको मूल्य १८ प्रतिशतसम्म बढ्न सक्ने विश्व बैंकले अनुमान गरेको छ ।

भारतको दक्षिणपूर्वी तटमा चक्रवातका कारण कम्तीमा तीन जनाको मृत्यु भएको र करिब एक लाख मानिस विस्थापित भएका थिए । चक्रवात नेपालतर्फ अघि बढ्दा उच्च हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा भएको थियो । 

बोलिभियामा खडेरीले ७८ हजार परिवार प्रभावित पार्नुका साथै ७५ हजारभन्दा बढी गाईवस्तु मरेपछि राष्ट्रपति रोड्रिगो पाजले आपतकाल घोषणा गरेका छन् । पेरुमा वन डढेलोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ भने डेङ्गुको जोखिम पनि बढेको छ ।

सिकागो विश्वविद्यालयको क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसार एल निनोका कारण जुनयता विश्वभर गर्मीसम्बन्धी थप चार लाख ८४ हजार ५०० जनाको मृत्यु भएको अनुमान छ । आगामी छ महिनामा थप तीन लाख ७३ हजार जनाको मृत्यु हुन सक्ने आकलन गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार वर्षा कम हुँदा एसियामा धान तथा मेक्सिको, मध्यअमेरिका र दक्षिणी अफ्रिकामा मकै र सिमीको उत्पादन प्रभावित हुन सक्छ । 

पूर्वी अफ्रिकाका ज्वार र बाजरा तथा अन्य क्षेत्रको गहुँ उत्पादनमा पनि असर पर्न सक्छ । अत्यधिक वा अपर्याप्त वर्षाले कफी र कोकोको उत्पादन तथा गुणस्तर घटाउन सक्छ ।

बाली उत्पादनमा कमी आए खाद्यान्नको अन्तर्राष्ट्रिय मूल्य बढ्नुका साथै आयातमा निर्भर देशको खर्च र किसानको आम्दानी प्रभावित हुने जोखिम छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ५ : ५२ बजे

८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कार्की (तस्बिरहरू)

काठमाडौं– उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र

पोखराले गुमायो आठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले