दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट « Khabarhub

दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको व्यक्तिगत तथा पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएपछि सरकारले घटनाको अनुसन्धान सुरु गरेको छ ।

विदेश मन्त्रालयले मङ्गलबार उक्त विवरण कसरी चुहावट भयो र त्यसमा को–को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग मिलेर अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ली र उनकी पत्नीको जन्ममिति तथा पासपोर्ट नम्बरलगायत विवरण समेटिएको कम्प्युटर फाइल गत जुनमा एउटा वेबसाइटमा अपलोड गरिएको थियो । उक्त फाइलमा राष्ट्रपतिको विदेश भ्रमणमा सहभागी भएका वरिष्ठ अधिकारीहरूको व्यक्तिगत विवरणसमेत समावेश थियो ।

राष्ट्रपतिको युरोप भ्रमणको तयारीका क्रममा प्रयोग गरिएको उक्त फाइल मालवेयर परीक्षण गर्ने अनलाइन प्लेटफर्म ‘भाइरस टोटल’ मा अपलोड गरिएको थियो । सो फाइल करिब पाँच महिनासम्म अनलाइनमा पहुँचयोग्य रहेको बताइएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता पार्क डु–सनले चुहावटबाट प्रभावित सबै व्यक्तिको पासपोर्ट नवीकरण गरिएको र वेबसाइटबाट सार्वजनिक विवरण हटाइएको जानकारी दिए । उनले घटनालाई ह्याकिङ आक्रमणभन्दा तथ्याङ्क चुहावटका रूपमा हेरिएको बताए।

यसैबीच, राष्ट्रपति कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै थप अनुसन्धान आवश्यक रहेको जनाएको छ । प्रमुख सचिव लिम क्वाङ–ह्युनले चुहावटको कारण, सार्वजनिक भएका विवरणको दायरा र त्यसबाट परेको सम्भावित क्षतिबारे विस्तृत छानबिन गर्नुपर्ने बताएका छन् ।।

घटनापछि राष्ट्रपतिको विदेश भ्रमणको तयारीमा प्रयोग गरिएका कम्प्युटर तथा इमेल खातासमेत जाँच भइरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ६ : १८ बजे

पोखरामाथि आठ विकेटको सानदार जित निकाल्दै लुम्बिनी तालिकाको शीर्षक स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘जलवायु नेतृत्व वार्ताको टेबलमा होइन, व्यवहारमा देखिनुपर्छ’

जलवायु संकटको अग्रपङ्क्तिमा रहेको नेपालका लागि जलवायु परिवर्तन अब केवल

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

दमौली– तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा