यमनमा साउदी नेतृत्वको गठबन्धनको आक्रमण, १७ जनाको मृत्यु  « Khabarhub

यमनमा साउदी नेतृत्वको गठबन्धनको आक्रमण, १७ जनाको मृत्यु 


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

यमन– यमनमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा दुई दिनभित्र बालबालिकासहित १७ जना सर्वसाधारणको मृत्यु भएको हुथी विद्रोही समूहले दाबी गरेको छ ।

हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको उल्लेख गरेको छ । मन्त्रालयले साउदी लडाकु विमानले आवासीय घर, बस्ती र बजारलाई निशाना बनाएको आरोपसमेत लगाएको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा १०९ पटक हवाई आक्रमण गरेको छ । सादा, ताइज, लाहज, अल–जौफ र होदेइदाह प्रान्तमा ती आक्रमण केन्द्रित रहेको उनले बताए ।

यसैबीच, हुथी समूहले साउदी अरबको पूर्वी तथा दक्षिणी क्षेत्रमा रहेका विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी पनि गरेको छ । यद्यपि, आक्रमणमा भएको क्षति र मानवीय हताहतीबारे साउदी पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यमनमा सन् २०१४ देखि सशस्त्र द्वन्द्व जारी छ । त्यस वर्ष हुथी विद्रोहीले राजधानी साना कब्जा गरेपछि द्वन्द्व सुरु भएको थियो । त्यसको एक वर्षपछि अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धन युद्धमा सहभागी भएको थियो ।

सन् २०२२ मा भएको युद्धविराम सम्झौता गत जुलाईमा भङ्ग भएपछि यमनमा पुनः हिंसा चर्किएको थियो । त्यसपछि सेप्टेम्बरमा हुथी विद्रोहीले लालसागर र स्वेज नहर हुँदै एसिया र युरोप जोड्ने रणनीतिक जलमार्ग बाब अल–मान्देब जलडमरुमा नियन्त्रण कायम गर्ने उद्देश्यसहित आक्रमण सुरु गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पुनः द्वन्द्व चर्किएयता एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ६ : ४० बजे

‘जलवायु नेतृत्व वार्ताको टेबलमा होइन, व्यवहारमा देखिनुपर्छ’

जलवायु संकटको अग्रपङ्क्तिमा रहेको नेपालका लागि जलवायु परिवर्तन अब केवल

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

दमौली– तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौंमा

काठमाडौं– प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि