पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ « Khabarhub

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध रूपमा भण्डारण गरिएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौँ महानगरपालिका–६, तिनचुली बस्ने २९ वर्षीय रमनकुमार पटेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–६ तिनचुली चोकस्थित एक घरमा पटेलले अवैध रूपमा पटाका सञ्चय गरी राखेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका पटेलको साथबाट विभिन्न ब्रान्डका पटाकाजन्य विस्फोटक पदार्थ बरामद गरिएको छ ।

प्रहरीले पेन्टा स्काइ फ्ल्यास लेखिएको झिरझिरे ४३ प्याकेट, कोलोरकोट लेखिएको झिरझिरे ३९ प्याकेट, सिल्भर टोरलोचर १० प्याकेट, बाजाजिस ४१ प्याकेट, गिलिट्टेर रैन पाँच प्याकेट, लण्डन डम्स १५ प्याकेट, क्रेकिलिङ ९५ प्याकेट, पप पप सेनुनिन २१ प्याकेट, मोरि १३८ प्याकेट, स्पाइनर बोम्स १० प्याकेट तथा क्लासिक बोम्स १० प्याकेट बरामद गरेको जनाएको छ ।

तिहारका लागि भाइ मसला बनाउन प्रयोग गरिने म्याद गुज्रिएका चकलेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पटेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ९ : ०७ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट