स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)  « Khabarhub

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आज (शनिबार)देखि सुरु भएको छ ।

पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको हो ।

यस अवधिमा स्कन्दपुराण अन्तर्गतको केदार खण्डको माघ महात्म्यमा वर्णित कुमार र अगस्त्य ऋषिबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजैदेखि सुरु गरिएको छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्नेछ।

माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातखुट्टाका नङ काट्ने, एकचित्त भई निराहार बस्ने तथा पूर्णिमाको बिहान सबेरै नदीमा स्नान गरी पूजा गर्ने परम्परा रहिआएको छ । त्यसपछि मन्त्रोच्चारणसहित शंखजल ग्रहण गर्ने चलन छ ।

शंखजल ग्रहण गरेपछि कसैलाई नछुने र जुत्ता नलगाउने धार्मिक मान्यता छ । माधवनारायणको पूजा नगरे स्वस्थानी व्रत अधुरो हुने विश्वास गरिन्छ ।

स्वस्थानी र माधवनारायणको पूजाआराधनाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ ।

व्रत अवधिभर व्रतालु तथा अनुष्ठानकर्ताहरू पशुपतिनाथ, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूल लगायतका तीर्थस्थलहरूमा पैदल यात्रा गर्दै दर्शनका लागि जाने परम्परा पनि रहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ११ : ५४ बजे

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित

काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

काठमाडौं– मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण- मुस्ताङ र मनाङमा

देश निर्वाचनमा केन्द्रित भयो : संयोजक दाहाल

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले