साम्राज्यवादी आक्रमणविरुद्ध सडकमा आउन जनतालाई भेनेजुएला सरकारको आह्वान « Khabarhub

साम्राज्यवादी आक्रमणविरुद्ध सडकमा आउन जनतालाई भेनेजुएला सरकारको आह्वान


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा श्रृङ्खलाबद्ध आक्रमण भएको छ । भेनेजुएलाको राजधानी काराकासस्थित सैन्य आधारसहित विभिन्न सात स्थानमा श्रृङ्खलाबद्ध विस्फोट भएको हो ।

स्थानीय समयअनुसार शनिबार बिहान दुई बजे विस्फोटन शुरु भएको समाचार संस्था एपीले जनाएको छ । विस्फोट हुनुअघि भेनेजुएलाको हवाइ क्षेत्रमा निकै होचो उचाइमा केही विमान उडेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

भेनेजुएलाले आक्रमणमा अमेरिकाको हात रहेको आरोप लगाएको छ । अमेरिकाको रक्षा प्रशासन पेन्टागनले यसबारे थप जानकारीका लागि राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसैबीच, भेनेजुएलामा राष्ट्रिय संकटकालको घोषणा गरिएको छ । निकोलस मादुरो नेतृत्वको सरकारले हरेक राजनीतिक तथा सामाजिक शक्तिलाई सडकमा निस्किन आह्वान गरेको छ ।

‘बोलिभारियन सरकार यो साम्राज्यवादी आक्रमणविरुद्ध मुलुकका हरेक राजनीतिक तथा सामाजिक शक्तिलाई सडकमा आउन आह्वान गर्दछ ।’ भेनेजुएला सरकारले जारी गरेको सूचनामा भनिएको छ । भेनेजुएला सरकारले आफूलाई ‘बोलिभारियन’ भन्ने गरेको छ ।

अमेरिका र भेनेजुएलाबीच सम्बन्ध बिग्रिरहेका बेला आक्रमण भएको हो । अमेरिकाले भेनेजुएलामाथि ‘लागूऔषध आतङ्कवाद’ अर्थात् नार्को टेरोरिज्ममा संलग्न रहेको आरोप लगाउँदै आएको छ ।

अमेरिकाले क्यारेबियन सागरमा भेनेजुएलाका केही डुङ्गालाई लक्षित गरी आक्रमण समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : ३० बजे

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति

ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन