देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ : मन्त्री खरेल « Khabarhub

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ : मन्त्री खरेल


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताए ।

उनले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको बताए । 

पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उनको भनाइ थियो । उनले भने, ‘लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्‍याउन जरुरी छ ।’

निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराएका थिए । मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा जाँदा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गरेका छन् । 

ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको उनको भनाइ थियो । सोही क्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी मन्त्री खरेलले टेलिभिजनका तर्फबाट गर्न सक्ने सहयोगका लागि निर्देशन दिए  । 

ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै नेपाल टेलिभिजनमा स्थायित्व हुने गरी रोजगारको सुनिश्चितता गरिदिन मन्त्री खरेललाई अनुरोध गरेका थिए ।

पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा परी घाइते ढकालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको छ । उनी विगत तीन महिनादेखि उपचारकै क्रममा छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : ५८ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी