रुसले भन्यो- क्युबामाथि अमेरिकाको आर्थिक दबाब स्वीकार्य छैन « Khabarhub

रुसले भन्यो- क्युबामाथि अमेरिकाको आर्थिक दबाब स्वीकार्य छैन


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी क्युबामाथि आर्थिक र सैन्य दबाब ‘अस्वीकार्य’ भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने चेतावनी दिने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन्।

क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले क्युबाविरूद्धको यो कदमको निन्दा गर्दै देशको अर्थतन्त्रलाई तहसनहस पार्ने प्रयास भनेका छन्।

क्युबाका समकक्षी ब्रुनो रोड्रिगेजसँगको कुराकानीमा लाभरोभले ‘क्युबामाथि आर्थिक र सैन्य दबाबको अस्वीकार गर्ने बताएका थिए भने क्युवामा ऊर्जा आपूर्तिमा अवरोध गरिनु बेठिक हुने कुरा प्रष्ट पारेका थिए।

रुसी मन्त्रीले टापुमा ऊर्जा आपूर्तिमा अवरोधले सार्वभौम एक देशको आर्थिक र मानवीय अवस्थालाई गम्भीर रूपमा बिगार्ने खतरा रहेको बताएका छन्।

उहाँले ‘क्युवालाई आवश्यक राजनीतिक र भौतिक सहयोग जारी राख्ने मस्कोको दृढ प्रतिबद्धता’ दोहोर्याउनुभयो।

एएफपीका क्युवा संवादाताका अनुसार क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने अमेरिकाको चेतावनीपछि हवानास्थित ग्यास खरिद् र भण्डारणका लागि स्टेशनहरूमा क्युबालीहरू लामो लाइनमा उभिने गरेका छन्।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि वासिङ्टन र हवानाबीचको तनाव पनि बढेको छ।

सन् १९९१ मा सोभियत सङ्घको पतनपछि सबैभन्दा गम्भीर आर्थिक संकटको सामना गरिरहेको क्यारेबियन टापु क्युवामा पहिले नै बारम्बार प्रतिवन्धको सामना गरिरहेको छ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ७ : २८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले