सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी « Khabarhub

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।

‘ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ’, प्रमुख जिल्ला अधिकारी कँडरियाले भने, ‘योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।’ यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

संशोधन ऐनअनुसार आफूले दुई हप्ता पहिलादेख जिल्लाका २० वटै पालिकामा परिपत्र गरेको जनाउँदै प्रजिअ कँडरियाले सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको बताए ।

नागरिकता नभएकै कारण शिक्षा र सीप भएर पनि जागिर गर्न नपाएका, बैंक खातादेखि सिमकार्ड आफ्नो प्रयोग गर्न नपाएकाको समस्या अब समाधान हुने उनले विश्वास व्यक्त गरे ।

‘आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको एउटा सन्तानले आफूलाई नेपाली करार गर्न गर्नुपरेको सङ्घर्ष पीडादायी र चुनौतीपूर्ण छ’, नागरिकता पाएपछि गुप्ताले भने । (रासस)

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : २१ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा