भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने « Khabarhub

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

मोदीसँगको वार्तापछि ट्रम्पले घटाए ट्यारिफ


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ ।

मोदीसँगको टेलिफोन वार्तापछि ट्रम्पले भारतसँग महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको बताएका हुन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले भारतसँग सम्झौता भएको र यसअघि घोषणा भएको २५ प्रतिशत कर (ट्यारिफ)लाई १८ प्रतिशतमा सार्ने सम्झौता भएकोसमेत बताएका छन् ।

यता भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा अमेरिकासँग सम्झौता सम्पन्न भएकोमा आफू “अत्यन्तै प्रसन्न” भएको बताएका छन्।

यो सम्झौतासँगै भारतले रुसी तेल खरिद बन्द गर्नु रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पले मोदीले रुसबाट तेल खरिद बन्द गर्न र त्यसको सट्टा अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट बढी मात्रामा तेल खरिद गर्न सहमति जनाएको दाबी गरेका छन्।

ट्रम्पले मोदीको अनुरोधमा तत्कालै व्यापार सम्झौतामा सहमति दिएको उल्लेख गर्दै यसअन्तर्गत अमेरिकी पक्षले भारतबाट आयात हुने वस्तुमा लगाइने भन्सार शुल्क घटाउने र भारतले आफ्ना भन्सार तथा गैर–भन्सार अवरोधहरू शून्यमा झार्ने बताएको छ।

सम्झौताअनुसार भारतले ऊर्जा, प्रविधि, कृषि तथा कोइला उत्पादनसहित ५०० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तु खरिद गर्ने प्रतिबद्धता जनाएको ट्रम्पले बताएका छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ५६ बजे

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु

कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल थालिसकेका छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड