लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान « Khabarhub

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ ।

लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवं साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो ।

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवं पूर्ण सुरक्षित बनाउने लक्ष्यका साथ परिषद्ले यहाँस्थित वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि, पर्यटन व्यवसायसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको समन्वयमा छलफल गरी अभियानलाई अघि बढाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि नहुन् भन्ने उद्देश्यका साथ यस क्षेत्रमा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि एवं पर्यटन व्यवसायी र सरोकारवाला पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि रहनुभएको ह्वाटस् एप ग्रुप तयार गरिएको छ ।

अवाञ्छित गतिविधि भए गरेको कोही कसैले देख्नासाथ ग्रुप वा सम्बन्धित निकायमा खबर गरी त्यस्ता गतिविधि रोक्न पहलकदमी गरिने गरिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

परिषद्का्े अगुवाइमा सरोकारवाला निकायका प्रतिनिधिसहित विशेष गरी बेलुकाको समयमा स्थलगत अनुगमन पनि गर्ने गरिएको उनको भनाइ छ । लेकसाइडमा आउने पर्यटकका लागि खाद्य स्वच्छतासमेतलाई ध्यान दिँदै खुला रूपमा सडकपेटी वा साइकलमा गरिने व्यापारले पर्यटकको आवतजावतमा समेत असर परेको हुँदा यस्ता गतिविधिलाई नियन्त्रण गर्न थालिएको छ ।

स्थलगत अनुगमनका क्रममा पहिलो चरणमा सम्बन्धित व्यक्तिहरूलाई सचेत गराइएको बताउँदै परिषद्का अध्यक्ष पहारीले यसपछि पनि त्यस्तो क्रममा निरन्तरता पाइए थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाइने बताए ।

लेकसाइड क्षेत्रका विभिन्न स्थानमा यहाँको स्वच्छता र पर्यटनमैत्री वातावरणका लागि क्युआरकोडमार्फत अपनाउनुपर्ने नियम आदिबारे पनि जानकारी गराउने लक्ष्य राखिएको उनले बताए । (रासस)

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ११ : ४५ बजे

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित

स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र